Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबबाट नेपालका लागि Himalaya AIrlines, Salam Air तथा Oman Air (Exit लागेकाहरुका लागि मात्र) विमान सेवाहरु संचालनमा रहेको जानकारी प्राप्त भएको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२९ फाल्गुन २०७६, बिहीबार १५:०९
in अन्य, देश, प्रवास, समाचार, स्थानीय सरकार
0
साउदी अरबबाट नेपालका लागि Himalaya AIrlines, Salam Air तथा Oman Air (Exit लागेकाहरुका लागि मात्र) विमान सेवाहरु संचालनमा रहेको जानकारी प्राप्त भएको छ ।
1.9k
SHARES
8.4k
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना

१. कोरोना भाइरसबाट संक्रमितहरुको संख्या साउदी अरबमा पनि बढ्दो छ ।

२. कोरोना भाइरसको संक्रमणका विरामी धेरै देखापरेका कारण अधिकारीहरुले साउदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आवतजावत बन्द गरेको अवगत नै छ । साउदी सरकारको निर्णयबाट उक्त क्षेत्रमा थप संक्रमण हुन नदिन आवागमन नियन्त्रण गरिएको तथा कोही पनि नेपाली नागरिकमा संक्रमण भएको जानकारी प्राप्त भएको छैन । साउदी सरकारले चालेका कदम र सजगता अनुसार काम गर्नुहुन र अधिकारीहरुलाई सहयोग गर्नुहुन अनुरोध छ ।

३. रियाद तथा दम्मामका घरफिर्ति केन्द्रहरूमा नेपाली नागरिकहरुको चाप बढ्दै गएकाले आज ती स्थानका कार्यालय प्रमुखहरुसंग भेटगरी नेपाली नागरिकलाई जुनसुकै हवाइ मार्गबाट भएपनि स्वदेश पठाइदिन अनुरोध गरिएको छ । आगामी आइतवारसम्म पर्खन अधिकारीहरुबाट अनुरोध भएको छ ।

४. यो सूचना जारी गर्दासम्म साउदी अरबबाट नेपालका लागि Himalaya AIrlines, Salam Air तथा Oman Air (Exit लागेकाहरुका लागि मात्र) विमान सेवाहरु संचालनमा रहेको जानकारी प्राप्त भएको छ ।

५. संक्रमण नियन्त्रणमा अपनाइने सावधानीका क्रममा साउदी सरकारले आजैबाट थप देशबाट हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । ती देशमा European Union का देशहरु Swiss Confederation, India, Pakistan, the Sri Lanka, Philippines, Sudan, Ethiopia, South Sudan, Eritrea, Kenya, Djibouti, र Somalia रहेका छन । तर साउदी नागरिक र साउदी अरबको मान्य भीसा भएका विदेशी नागरिकहरुले ७२ घण्टा भित्र साउदी आइसक्नुपर्ने गरी समय दिएको छ । नेपालबाट हुने Himalaya AIrlines को सीधा हवाइसेवा र ओमान ट्रान्जिट हुदै Salam Air मा हुने नियमित यात्रा गर्न सकिने भएता पनि यो व्यवस्था जुनसुकै बेला पनि हट्न सक्ने Salam Air एवं विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

६. नेपाली राजदूतावास रियादले प्रदान गर्दै आएका नेपाली नागरिक सम्बन्धी सेवाहरु यथावत सुचारू रहने व्यहोरा सबैमा अनुरोध छ । तापनि राजदूतावासको सेवा अति जरुरी छैन भने (जस्तै राहदानीको म्याद छ महिना भन्दा बढी छ भने, हवाइसेवा करीब बन्द भएका बेला निजी कामदारहरुको पुनः श्रम स्वीकृतिको सिफारिश, नियमित कन्सुरलर तथा परामर्श सेवा) सार्वजनिक यातायत प्रयोग गरेर वा साथिभाइको समूह बनाएर राजदूतावास नआउनुहुन अनुरोध छ ।

७. वहिर्गमन भीसाको सेवाका लागि भनि हरेक शुक्रवार राजदूतावास खोल्ने गरिएकोमा सो हाललाई बन्द गरिएको छ ।

८. सरकारले Saudi Center for Disease Prevention and Control लाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । अतः रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिने प्रयास गर्नुहुन अनुरोध छ । आफूले कामगर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्नुहोस् ।

यस रोगको संक्रमणको शंका भएमा तुरुन्तै साउदी सरकारले उपलव्ध गराएको Health Service Centre को टेलिफोन नं ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहुन समेत अनुरोध छ ।

९. रुघा खोकी लागेका, ज्वरो आएका तथा स्वासप्रस्वाशमा समस्या देखिएका जो कोहीसंग पनि सजगताका साथ व्यवहार गर्नुहोस् र केही दुरीमा बस्नुहोस् ।

१०. यो रोगको संक्रमणमा कमी आएको आधिकारिक सूचना यहांका अधिकारीहरुले नदिएसम्म यो गम्भीर सरुवा रोगबाट बच्न आफू चनाखो र सजग रहनुहोस् । नियमित हात धुनुहोस्, हात मिलाउन छोड्नुहोस्, खोक्दा तथा हाछ्युं गर्दा अनिवार्य रुमाल वा टिस्युले नाक र मुख छोप्नुहोस् । सो उपलव्ध नभएमा हातको कुहिनाको भित्रिभागमा नाकमुख राखि गर्नुहोस् । मादक पदार्थ सेवन नगर्नुहोस् ।

११. चराचुरूङगी तथा जनवारलाई नछुनुहोस् । कामका सिलसिलामा छुनुपरेमा प्लाष्टिकको पञ्जा प्रयोग गर्नुहोस् । मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खानुहोस् ।

१२. यो रोगको नियन्त्रणमा साउदी सरकार संवेदनशील र गम्भीर भइ नियन्त्रणका सबै उपायहरुलाई क्रमशः कार्यान्वयन गर्दै गइरहेको हुंदा कतिपनि हतास नभइ सचेत भइ आफ्नो नियमित कामहरु गर्नुहोस् । राजदूतावाससंग नियमित सम्पर्कमा रहनुहोस् । राजदूतावासका मोवाइल नम्वर सहितका टेलिफोनहरु वेभसाइटमा छन्

१३. यस राजदूतावासले व्यक्तिको उपस्थितिमा गर्दै आएको मागपत्र प्रमाणिकरणको कार्य यहि चैत्र २, २०७६ (मार्च १५, २०२०) देखि अनलाइन प्रणालीबाट मात्र गर्ने समेत साउदी अरबमा रहनुभएका सबै नेपालीहरुलाई पुनः जानकारी गराइन्छ ।

नेपाली राजदूतावास

रियाद ।

२०७६।११।२९

Previous Post

‘बाटोको काँडा’ गीतमा संचारकर्मी नरेश भट्टराई र अभिनेत्री रेबिका गुरुङ ( भिडियो )

Next Post

कोहलपुर दुर्घटनामा अटो चालक रोकाको मृत्यु -

Next Post
कोहलपुर दुर्घटनामा अटो चालक रोकाको मृत्यु –

कोहलपुर दुर्घटनामा अटो चालक रोकाको मृत्यु -

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal