Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मौलिक संस्कृतिको जगेर्नामा तल्लिन: शान्तीरूपा तमु समाज

रबिन राउत by रबिन राउत
२८ फाल्गुन २०७७, शुक्रबार २१:१२
in प्रदेश नं ४, समाज
0
मौलिक संस्कृतिको जगेर्नामा तल्लिन: शान्तीरूपा तमु समाज
25
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

मन गुरुङ, फाल्गुन -२८ पोखरा | देश र देश भित्रका सिंगो समाजहरु यतिबेला विकाशोन्मुख छ । विकासका छालहरुले कहिँकतै विभिन्न धार्मिक र सांस्कृतिक पक्ष भने ओझेलमा पार्दै गइरहेको छ । खास गरि नेपालीहरुमा पश्चिमा संस्कृतिहरुको छापले हाम्रा मौलिकताहरु हराउदै गइरहेको पाइन्छ । यसरि हराउदै गइरहेको भाषिक, धार्मिक र सांस्कृतिक पक्षहरुको जगेर्ना गर्न जोडतोडले लागि परेका छन्, शान्तीरुपा बराहा थोक तमु समाज ।

विहिबार रूपा गाउपालिकाले स्थानीय तह स्थापना दिवास मनायो । स्थापना दिवसका क्रममा विभिन्न कार्यक्रमहरुको आयोजना गरे । जहाँ रोचक पक्ष थियो झाँकी प्रदर्शनी प्रतियोगिता । प्रतियोगितामा सम्पुर्ण वडा बाट विभिन्न झाँकी सहितका २० भन्दा बढि समूहले उपस्थिति जनाए । जसमध्ये शान्तीरुपा बराहा थोक तमु समाज वडा नम्बर ६ उत्क्रिष्ट ठहरियो ।

शान्तीरूपाले लोप हुँदै गइरहेको छ्याडू (गुरुङ्ग समुदायको अर्घौंमा खेगीहरुले नाच्ने नाच), ट्होटे (हरेक वर्ष चैत्र र साउन महिनाको अन्तिम मंगलबार मनाईने पर्व) र चुट्का नाच संगै परापुर्व कालमा पुर्खाहरुले प्रयोग गर्ने गरेका सिप्री, स्याकु, छप्रि, ठेकी, मदानी, गौबा, पुंङा, पेरेखु लगाएतका सामाग्रीहरु प्रदर्शन गरेका थिए । गुरुङ पोशाकमा सजिएका ४० जना भन्दा बढी संख्यामा उपस्थित विभिन्न उमेर समूहका महिला, पुरुषहरुले समुदायमा प्रचलित खानपानका परिकारहरु समेत प्रस्तुत गरेका थिए ।

सामाजिक र सांस्कृतिक गतिविधिमा रमाउने मध्यको एक मानिन्छ गुरुङ समुदाय । सोहि कारण हुन सक्छ आफ्नो धार्मिक, मौलिक र संस्कृतिको जगेर्नामा कुनै कसुर बाँकी राखेका छैनन् बराहा थोकका शान्तीरुपा तमु समाजले ।

कुनै बेला बारीको डीलमा बसेर कार्यक्रमहरुको आयोजना गरेको भएपनि अहिले आफ्नै भवन निमार्ण गरिसकेको समाजका सदस्य -हिरामाया गुरुङ बताउछिन् । गाउँपालिका र स्थानिय डोनरहरु सहित गाउँलेहरुको श्रमदानले उक्त भवनको निर्माण भएको उनले बताईन् ।

कार्यक्रमका बीच भिडियो चित्र संग कुराकानी गर्दै आफुहरु भौतिक पूर्वाधारहरु निर्माणको तयारीमा जुटेको समाजका अध्यक्ष सु. तुलबहादुर गुरुङले बताए । पिकनिक स्थलको निर्माणका साथै एटेच वाथारूम सहितको गेस्ट हाउस समेत निर्माण गरेर समाजकै युवालाई सन्चालनको लागि जिम्मा दिएको जानकारी दिए ।
साथै, कोट भैरव धार्मिक पर्यटक क्षेत्रलाइ बढवा गर्दै होम स्टे संचालन गरेर पर्यटकलाई घुम्ने र बस्ने व्यवस्थामा प्रयासरत छौं। -उहाँले भन्नु भयो ।

साततालाको बाटिका सहर छेवैमा रहेको बराहा थोकमा स्थानिय सरकारको योजना अन्तर्गत एक घर एक धारा खानेपानी योजना सम्पन्न हुने अवस्थामा छ। पूर्वाधारहरुको तिव्रविकास र सुन्दर भौगोलिक बनावट कै कारण उक्त गाउँ पर्यटकिय दृस्टीकोणले उत्कृष्ट गन्तव्य मान्न सकिन्छ । पोखरा बाट २१ किलोमिटर पश्चिममा अवस्थित उक्त गाउँ लेखनाथ, रुपाताल हुँदै जान सकिन्छ ।  

Previous Post

विदेशीएका युवाको कथामा हृदयस्पर्सी गीत 'लाहुरे' सार्वजनिक ( भिडियो )

Next Post

पुष्पको लुक्सले ‘कृष्ण–लीला’ को चर्चा

Next Post
पुष्पको लुक्सले ‘कृष्ण–लीला’ को चर्चा

पुष्पको लुक्सले ‘कृष्ण–लीला’ को चर्चा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal