अन्जु पन्त र किशोर सिवाकोटीको स्वरमा म्युजिक भिडियो ‘सम्झनाका मिठा मिठा पलहरु’ सार्वजनिक भएको छ। गीतलाई गीतकार श्री सिवाले लेखेका हुन्। गीतमा संगीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ। म्युजिक भिडियोमा बिकास लामिछाने र गरिमा शर्मा देखिएका छन्।
दोलालघाट र मुडेमा खिचिएको गीत रोमान्टिक शैलीको गीत हो। गीतको म्युजिक भिडीयोलाई दिपक प्रसाद आचार्यले निर्दशन गरेका हुन्। कोरियोग्राफी भने तेंजु योञ्जनले गरेकी हुन्। भिडियोमा ड्रेस समेत उनीले तयार परेकी हुन्।
बुद्द थापाले खिचेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर ,मनोज जोसीको प्रोड्कसन ,बिक्रम गौतमको मेकअप समाबेश रहेको छ । सिवा ग्रुपको प्रस्तुतिमा चन्द्र मगरले निर्माण गरेको सार्वजनिक गीत संगै संसारभरका बिभिन्न प्लेटफमहरुमा उपलब्ध छ ।

>








Discussion about this post