Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अभिनेत्री सृष्टि श्रेष्ठसहित चलचित्र ‘चिसो एस्ट्रे’को युनिट प्रचारप्रसारका लागि पुर्वमा (भिड्यो )

रबिन राउत by रबिन राउत
२७ फाल्गुन २०७८, शुक्रबार १४:५६
in मनोञ्जन
0
अभिनेत्री सृष्टि श्रेष्ठसहित चलचित्र ‘चिसो एस्ट्रे’को युनिट प्रचारप्रसारका लागि पुर्वमा (भिड्यो )
18
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ कोरोना कहरले थलिएको नेपाली चलचित्र उधोग यतिबेला बिस्तारै उठ्ने क्रममा छ । नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हलमा फर्काउन थालेपछि यतिबेला चलचित्रकर्मीहरुमा नयाँ जोश देखिएको छ । त्यसै अनुरुप होलिलाई मध्यनजर गरेर यहि चैत्र ४ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘चिसो एस्ट्रे’ यतिबेला प्रचारप्रसारको लागि देश दौडाहामा निस्किएको छ । चलचित्रको प्रचारकै निम्ति प्रदेश १ आईपुगेको निर्माण युनिटले बिराटनगरमा ‘बिराटनगर इन्टरनेसनल कलेज’ र इटहरीको ‘इटहरी इन्टरनेसनल कलेज’मा ‘कलेज क्याम्प’ गरेको छ भने इटहरीमा पत्रकार सम्मेलन समेत गरेको छ ।

प्रचारप्रसारका लागि चलचित्रकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता निकुन श्रेष्ठ र कार्यकारी निर्माता महेशबाबू तिमिल्सिनाको उपस्थिति रहेको थियो । बिराटनगर र इटहरीको कलेज क्याम्पमा निर्माण युनिटले छायांकनका क्रममा गरिएको ब्यवस्थापन पक्ष र सो बेलाको आरोह-अवरोहलाई कलेजका बिद्यार्थीहरु माझ प्रस्तुत गरिएको थियो । त्यस्तै चलचित्रको ट्रेलर समेत देखाउदै कलेज क्याम्पमा निर्माण युनिटले ‘चिसो एस्ट्रे’लाई हलमा हेर्दै नेपाली चलचित्रलाई माया गर्न आग्रह गरे ।

यस्तै इटहरी र धरानका पत्रकारहरू उपस्थित रहेको पत्रकार सम्मेलन इटहरीमा अवस्थित ‘पुर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन’को कार्यालयमा आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कार्यकारी निर्माता तिमिल्सिनाले ‘कोरोनाले गर्दा चलचित्र प्रर्दशनमा ल्याउन ढिलो भएपनि नेपाली दर्शकहरुले रुचाउने विषय भएको’ जानकारी दिए । यस्तै चलचित्र प्रचारप्रसारका लागि प्रदेश १ आइपुगेकी चिसो एस्ट्रेकी प्रमुख नायिका श्रेष्ठले चलचित्रले नेपाली दर्शकहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा उपस्थित भएका अभिनेता निकुनले पनि ‘गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छ भन्ने कुरा चलचित्रले प्रस्तुत गर्ने’ र ७ वर्षको अन्तरालमा धेरै दुख र मेहनत सहित निर्माण सम्पन्न भएको यो चलचित्रले दर्शकहरूको लगानी उठाउनेमा कुनै संका नरहेको उनले बताए । चलचित्र चिसो एस्ट्रे कवि भुपी सेरचनको कविता ‘चिसो एस्ट्रे’बाट प्रभावित भएर निर्माण गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्माता तिमिल्सिनाले बताए । उनले भने ‘नेपालमा साहित्यबाट प्रभावित भएर चलचित्र वनाउने कार्य कमै हुन्छ, आफु पनि साहित्य तथा चलचित्रका क्षेत्र रुचि राख्ने मानिस भएको कारण चिसो एस्ट्रे कविताबाट प्रवावित भएर सोही शिर्षकमा चलचित्र निर्माण गरेको हो ।’

दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा सृष्टि श्रेष्ठ र निकुन श्रेष्ठको अलावा दिव्य देव, सुशील पाण्डे, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ । दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । सह-निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

Previous Post

‘वर एण्ड वधू’ मा आँचलको बर विवेक

Next Post

चौथो ब्युटिसियन ट्यालेन्ट नेपालको खोजी सुरु

Next Post
चौथो ब्युटिसियन ट्यालेन्ट नेपालको खोजी सुरु

चौथो ब्युटिसियन ट्यालेन्ट नेपालको खोजी सुरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal