Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सम्वाद समूह बाँकेको पहल विद्युत प्रशारण विस्तार विवाद साम्य

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२४ मंसिर २०७६, मंगलवार १६:२७
in देश, प्रदेश नं ५, फोटो फिचर, समाचार, समाज, स्थानीय सरकार
0
सम्वाद समूह बाँकेको पहल  विद्युत प्रशारण विस्तार विवाद साम्य
44
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, मंसीर २४ गते– कोहलपुर–धामपुर विद्युत प्रशारण लाईन बिस्तारमा देखीएको विवाद साम्य भएको छ । सम्वाद समूह, बाँकेको सहजीकरणमा मंगलबार वडा कार्यालयमा गरिएको सम्वाद प्रक्रिया पछि सहमती कायम गरिएको हो ।


कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको कार्य भइरहेका बेला कोहलपुर नगरपालिका वडा नम्वर १० चटारमा करिव दुई हप्तादेखि स्थानीयको अवरोध रहदै आएको थियो । जनप्रतिनीधी, सरोकार निकाय, स्थानीय भद्र भलादमी समेतको उपस्थितीमा भएको सम्वादमा स्थानीयले विद्युत विस्तारमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेपछि रोकिएको काम पनि मंगलबारबाटै शुरु भएको हो । वडा कार्यालय र प्राधिकरणको प्रयासले सार्थक उपलव्धी नपाइरहेका बेला समूहको पहलमा विवादले निकास पाएको हो ।


बाँकेको बिकट मानिने राप्तीपारी क्षेत्रमा विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुरबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको धामपुर सवस्टेशनसम्म ४५ किलोमिटर दुरिमा ३३ केभी लाईन बिस्तार गरिरहेको छ . कोहलपुर सवस्टेशनकै नजीकै चटार गाउँ सडक किनारबाट लाईन बिस्तार गर्न खोज्दा मंसीर १० गतेदेखि विस्तारको काम रोकिएको हो । लामो समयदेखि ठेकेदारले अलपत्र पारेको ठेक्का तोडेर नेपाल विद्युत प्राधिकरणले लाईन बिस्तार गरिरहेको हो ।

चटार क्षेत्रमा ४ वटा मात्रै पोल गाड््नुपर्ने स्थिती रहेका बेला स्थानीय ६५ जनाले घनावस्ती भएको कारण देखाउँदै अन्यत्रबाट तार तान्न माग गर्दै मंसीर १३ गते वडा कार्यालयमा निवेदन समेत दिएका थिए । विद्युत विस्तार विवादको प्रारम्भिक अध्यन, विश्लेषण र स्थलगत भेटवार्तामार्फत सम्वाद प्रक्रियालाई टुंगोमा पु¥याइएको सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो । सम्वादका क्रममा स्थानीयले बुझाईमा फरक परेकाले काममा ढिलाई भएको दाबी गरेका थिए ।

वडा अध्यक्ष निम बहादुर चलाउने(निरज)ले विकास निर्माणमा आफनो बुझाई र माग राख्न मिल्ने तर अवरोधै गर्न नहुने भन्दै सहमतीका लागि सबैमा धन्यवाद प्रकट गर्नु भयो । यस्तै नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका सुपरभाइजर सन्तोष वाग्लेले सबैको सहमतीमै विस्तारको काम बढाइएको स्पष्ट पार्नु भयो ।

सम्वाद प्रक्रियामा समूहका सदस्य फणा शर्मा, ललीता चौधरीले समेत सहजीकरण गर्नु भएको थियो । नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले धामपुरबाट नरैनापुर जोड््ने ११ केभी प्रशारण लाईनको काम पनि धमाधम अगाडी बढीरहहेको जनाउनु भयो । ठाकुरका अनुसार– नरैनापुरको गंगापुरदेखी कटकुईयासम्मको क्षेत्रमा विद्युतीकरणको काम पनि भइरहेको छ ।

Previous Post

कुखुरा बिकास फार्मद्वारा हुर्केका चल्ला वितरण

Next Post

दाइजोको रकमले बालिका पढाऔ , अन्र्तराष्टिय मानवअधिकार दिवस बाँके र बर्दियामा मनाइयो

Next Post
दाइजोको रकमले बालिका पढाऔ , अन्र्तराष्टिय मानवअधिकार दिवस बाँके र बर्दियामा मनाइयो

दाइजोको रकमले बालिका पढाऔ , अन्र्तराष्टिय मानवअधिकार दिवस बाँके र बर्दियामा मनाइयो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal