रियाद, साउदी अरेबिया — नेपाली संगीत क्षेत्रका चर्चित तथा सुमधुर स्वरधनी गायक रोम लामाले साउदी अरेबियामा पहिलो पटक एकल सांगीतिक कार्यक्रम गर्न लागेका छन्।
अगस्ट १ तारिक शुक्रबार, रियादको Exit 13 मा आयोजना हुने यस कार्यक्रममा दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ। लामालाई साथ दिन अन्य नेपाली कलाकारहरूको पनि विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्।

सन् २००१ मा रोजगारीको सिलसिलामा साउदी अरेबिया आएका गायक लामा हाल Almarai कम्पनीको गुणस्तर विभाग (Quality Department) मा कार्यरत छन्। साउदीमा करिब २४ वर्षदेखि बसोबास गर्दै आएका लामाले आफ्नो कर्मथलोमै यस्तो भव्य कार्यक्रम गर्न लागेका हुन्।
गायक लामाले पछिल्लो ७–८ वर्षको अवधिमा चार दर्जनभन्दा बढी गीतहरू सार्वजनिक गरिसकेका छन्। तीमध्ये ‘म्हेन्दो माया’ जस्ता गीतहरू अत्यन्त लोकप्रिय छन्। यो एकल कार्यक्रमको आयोजना उनी स्वयंले गरेका हुन्।

कार्यक्रममा सांगीतिक प्रस्तुति बाहेक भोजनको व्यवस्था र बथाह क्षेत्रबाट कार्यक्रमस्थलसम्म निःशुल्क बस सेवाको समेत व्यवस्था गरिएको छ।
कार्यक्रम विवरण:
स्थान: Exit 13, Riyadh
मिति: अगस्ट १ (शुक्रबार)
समय: दिउँसो १२:०० देखि साँझ ८:०० बजेसम्म
यातायात: बथाह क्षेत्रबाट निःशुल्क बस सेवा उपलब्ध
कार्यक्रममा सहयोग तथा सहभागिताः
नेपाली राजदूतावास, रियाद, NRNA साउदी अरेबिया, विभिन्न संघ–संस्था, भातृसंगठन तथा मिडियाकर्मीहरूको उपस्थिति रहनेछ।
मिडिया पार्टनर:
? Lal ENTERTAINMENT (YouTube Channel)
? Nepal OK TV | www.nepalok.com
थप जानकारीको लागि सम्पर्क:
? +966502776079
कार्यक्रम आयोजकले साउदी अरेबियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक अनुरोध गरेका छन्।
Discussion about this post