Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आर्चरी स्वर्णमा बंगालदेशको क्लिन स्विप

रबिन राउत by रबिन राउत
२३ मंसिर २०७६, सोमबार १२:३९
in खेलकुद
0
आर्चरी स्वर्णमा बंगालदेशको क्लिन स्विप

????????????????????????????????????

5
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

पोखरा २३, मंसिर ।

दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ ।

१० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

सोमबार भएको रिकर्भ महिला तथा पुरुष तर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्ड तर्फको महिला तथा पुरुष तर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो ।

सोमबारको खेलमा रिकर्भ पुरुष तर्फको खेलमा बंगलादेशका विश्व र्याङकीङ १० आंैं भित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे । सोहि इभेण्टको महिला तर्फ बंगलादेशकी १४ बर्षकी उदीयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन ।

रिकर्भ एकल पुरुष तर्फ श्रीलंकाले कास्य पदक हात पार्न सफल भयो । श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोहि इभेण्टको महिला तर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् । कर्मा ओलम्पिकमा छनौट भएकी खेलाडी हुन ।

त्यसै गरी कम्पाउण्ड एकल पुरुष तर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भयो । कास्य पदकको लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरी कास्य पदक जितेका हुन्। सोही इभेण्टको महिला तर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन । श्रीलंकाले यस बिधामा कास्य पदक हात पार्यो । श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितेकी हुन ।

आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदक माथि बंगलादेशले एक्लौटि ढंगले बर्चश्व जमाउन सफल भएको थियो । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्स तर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो । बंगलादशेका प्रमुख प्रशिक्षक मार्टिनले आफुहरुले सागको लागि ६ महिना देखि बन्द प्रशिक्षण गरेको धेरै मेहनत गरेकोले उत्कृष्ट नतिजा आएको बताए ।

दुई बर्ष देखि बंगालादेशको टिम प्रशिक्षण गराउदै आएको बताएका उनले आफुहरुसंग वल्र्ड च्याम्पियनशिपमा कास्य पदक विजेता साना, कक्षा ८ मा अध्यनरत १४ बर्षकी खातुन जस्ता उदीयमान खेलाडीले आफुहरुले प्रशिक्षण गराए अनुसार उत्कृउष्ट प्रर्दशन गरेको जनाए ।

१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । सागमा सहभागि राष्ट्र मध्य प्रमुख दाबेदारको रुपमा भारतलाई मानिए पनि यस पटक भारत सहभागि नहुदा अधिकाशं पदक बंगलादेशले हात पार्न सफल भयो ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसद द्वय मोहन रेग्मी, दीपक कोइराला, राखेप सदस्य राजेश कुमार गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । नेपालले एक रजत, २ कास्य सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो । नेपाल सहित ४ देश सहभागि भएको खेलमा अन्तिम समयमा पाकिस्तान सहभागि नभएको हो ।

Previous Post

खजुरा क्यान्सर अस्पताल पहिलो प्राथमिकतामा हुनेछ :- स्वास्थ राज्य मन्त्री रावत

Next Post

सुटिङ मा भारतलाई २० मध्ये १८ स्वर्ण

Next Post
सुटिङ मा  भारतलाई २० मध्ये १८ स्वर्ण

सुटिङ मा भारतलाई २० मध्ये १८ स्वर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal