Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक  

रबिन राउत by रबिन राउत
२६ जेष्ठ २०८०, शुक्रबार १४:५१
in भिडियो, मनोञ्जन
0
नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक  
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २५ जेठ
शुक्रबार २६ जेठबाट मुलुकका सिनेमा हलमा रिलिज हुने अभिनेता दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘नीरफूल’को बुधबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरिएको छ ।
प्रिमियर शोमा सेलो समुहका विभिन्न कलाकारहरुले डम्फु बजाउँदै नाचगान र झाँकी सहित यो चलचित्रका कलाकार तथा पाहुनालाई सिनेमा हलमा स्वागत गरेका थिए । सो क्रममा डम्फुको ताल र सेलो गीतमा यो चलचित्रका अभिनेता दयाहाङ राई, अभिनेत्री शान्ति वाईबा, कलाकार बुद्धी तामाङ लगायतल छमछमी नाचेका थिए ।
२ घन्टा आठ मिनटको यो चलचित्रको प्रदर्शनीमा सिनेकर्मी, साहित्यकार, संगीतकर्मी, सञ्चारकर्मी, विभिन्न संस्था संस्थानका प्रतिनिधिहरुहरुको उल्लेख्य उपस्थिति थियो ।
प्रिमियर शोमा चलचित्र नीरफूल हेरेपछि सबैले राम्रो प्रतिक्रिया दिए । सिनेमाले लगातार आफुलाई बाँध्न सकेको भन्दै नीरफूल एउटा फरक र मौलिक चलचित्र बनेको पनि उनीहरुले बताए । यो चलचित्रका स्कृप्ट, छायाँकन र कलाकारको अभिनय निकै ससक्त रहेको प्रतिक्रिया प्रिमियरमा सहभागी सिनेकर्मी तथा सञ्चारकर्मीले दिए ।


सो कार्यक्रममा अतिथिहरुको राम्रो प्रतिक्रिया पाएर उत्साहित भएका अभिनेता दयाहाङ राईले आफुले काम गरेको उत्कृष्ट चलचित्रको सूचीमा नीरफूल पर्ने बताए । यो चलचित्रले अहिलेको शासन व्यबस्थालाई उजागर गरेको पनि उनले बताए । भाषिक हिसाबले आदिबासी जनजातिलाई राज्यले हेर्ने दृष्टिकोण पनि चलचित्रमा प्रस्तुत गरिएको उनको कथन थियो ।
यो चलचित्रलाई सञ्चारकर्मी फूलमान बलले निर्देशन गरेका हुन् । आफ्नो सृजनालाई आफुले यो चलचित्रमा प्रस्तुत गरिसकेको र अब दर्शकको जवाफको प्रतिक्षामा आफु रहेको पनि उनले बताए । नीरफूललाई आफुले मौलिक सिनेमा बनाउन प्रयास गरेको निर्देशक बलले बताए ।
यो चलचित्र शुक्रबारबाट मुलुकका एक सय भन्दा बढी स्कृनमा प्रदर्शनी हुने यसका वितरक गोविन्द शाहीले बताएका छन् । फिल्मलाई गोविन्द शाही र मनोज राठीले बितरण गर्दैछन् । सिनेमाको अग्रिम बुकिङ राम्रो रहेको पनि शाहीले बताए ।

यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रलाई फुलमानसँगै दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनम लामा (नेपाल)ले निर्माण गरेका हुन् । फिल्मको सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन् । यो चलचित्रलाई काफिया फिल्मस्बाट गोविन्द शाहीले बितरण गर्दैछन् ।
चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गायका छन् ।

Previous Post

‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक(भिडियो)

Next Post

“काभ्रे फेस्ट सिजन ४”को अडिसन यहीँ २७ आउदो जेष्ठ  गते बनेपा मा हुँदै

Next Post
“काभ्रे फेस्ट सिजन ४”को अडिसन यहीँ २७ आउदो जेष्ठ  गते बनेपा मा हुँदै

“काभ्रे फेस्ट सिजन ४”को अडिसन यहीँ २७ आउदो जेष्ठ  गते बनेपा मा हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal