Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक(भिडियो)

रबिन राउत by रबिन राउत
१९ जेष्ठ २०८०, शुक्रबार १५:०४
in भिडियो, मनोञ्जन
0
‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक(भिडियो)
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारका सम्पूर्ण कलाकार टिम लगाएत अन्य संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जनलाई स्थान दिइएको छ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ ।

अभिनेता लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको बताए । कार्यक्रममा बोल्दै लामाले भने ‘यो चलचित्र हाम्रो आफ्नो कथा हो । नेपालीहरुको कथा हो । यसमा रहस्य पनि छ । यसमा परम्परा पनि छ । यसमा इमोशन पनि छ’ उनले भने, ‘एकदमै मेहनत गरेका छौं । दर्शकहरुले रुचाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’ निर्माता, निर्देशक र अभिनेताले समेत जोखिम मोलेर काम गरेको अनुभव उनले सुनाए ।

कार्यक्रममा बोल्दै दीयाले आफुले पहिले पहिले गरेको आफ्नो क्यारेक्टर भन्दा चलचित्र ‘अन्तिम संस्कार’ मा आफ्नो भूमिका फरक रहेको बताइन्। निर्देशक प्रदीप शाहीले आफुले लामो समय लन्डन बस्दा सिकेको कुरालाई चलचित्रमा सक्दो उतार्ने कोशिश गरेको बताए। नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्नेछ । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । एक हत्या घटनाको रहस्यको वरपर कथा बुनिएको छ ।

फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा समेत रिलिज भइ सकेको छ । चलचित्रमा विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई,पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

Previous Post

सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला

Next Post

नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक  

Next Post
नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक  

नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक  

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal