काठमाडौं – गायक अर्जुन बोसेलको बिल्कुलै नयाँ साँगीतिक सौगात ‘याद’ सार्वजनिक भएको छ। एक्लो र दुखी हुदाको पिडालाई समेटेर तयार पारिएको यस गीतमा स्वयम गायक बोसेलको शब्द, संगीत रहेको छ।
कृष्ण बिक ( भान्जा )ले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दास फिचर्ड छन्। नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। देवेन्द्र बब्लुको निर्देशनमा भिडियो तयार पारिएको हो।
गायक बोसेलको अफिसिएल युट्युव च्यानल ‘अर्जुन बोसेल’ मार्फत भिडियो सार्वजनिक भएको हो। विगत लामो समयदेखि नेपाली संगीतमा सक्रिय गायक बोसेललका यसअघि २२ वटा भन्दा बढी म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्। केहि समयअघि सार्वजनिक उनको ‘गोठालो’ बोलको म्युजिक भिडियो दर्शक माझ लोकप्रिय छ।
भिडियो लिंक:

>









Discussion about this post