Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा विपद् राहत कोषमा १५ लाख सहयोग

अन्जान गुभाजु by अन्जान गुभाजु
२३ भाद्र २०८३, मंगलवार २०:२८
in प्रवास, समाचार, समाज
0
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा विपद् राहत कोषमा १५ लाख सहयोग
3
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाज (आईजेएस) ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १५ लाख सहयोग गरेको छ।

विश्वका विभिन्न मुलुकमा रहेका समाजका राष्ट्रिय समितिहरूको सक्रिय सहभागितामा संकलित रकम तथा थप सहयोगसमेत समेटेर एकमुष्ट रूपमा उक्त रकम राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ।

राहत अभियानअन्तर्गत विभिन्न राष्ट्रिय समितिबाट प्राप्त सहयोगमध्ये झापाली समाज अष्ट्रेलियाले रु. ५ लाख, अमेरिकाले रु. २ लाख, साउदी अरेबियाले रु. १ लाख ७७ हजार ११०, माल्टाले रु. १ लाख २८ हजार, बेल्जियमले रु. १ लाख १० हजार ९७६, नेदरल्याण्डले रु. १ लाख, ओमानले रु. १ लाख, कुवेतले रु. १ लाख र कतारले रु. ५० हजार सहयोग गरेका छन्।

यी राष्ट्रिय समितिहरूबाट प्राप्त रकमको कुल योग रु. १४ लाख ६६ हजार ८६ रहेको समाजले जनाएको छ।राहत रकम हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईं, संस्थापक अध्यक्ष तथा संरक्षक दिनेश पोखरेल, पूर्वअध्यक्ष तथा संरक्षक मुकुन्द ढुंगाना, संघीय सांसद प्रकाश पाठक, नेपाल समन्वय समितिका संयोजक राजु थापा लगायत विभिन्न राष्ट्रिय समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

समाजले राहत अभियानलाई सफल बनाउन सहयोग गर्ने विभिन्न राष्ट्रिय समितिका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, अभियन्ता, समाजसेवी, व्यवसायी तथा सहयोगी दाताहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।समाजका अनुसार अन्तर्राष्ट्रिय झापाली समाजमार्फत गरिएको रु. १५ लाख सहयोगबाहेक विभिन्न राष्ट्रिय समितिहरूले आ–आफ्नो पहलमा समेत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छुट्टाछुट्टै सहयोग गरेका छन्।

ती सहयोग रकमको विवरण संकलन भइरहेको र सम्पूर्ण विवरण प्राप्त भएपछि विश्वभर रहेका झापाली समाजहरूको कुल राहत योगदानको समग्र विवरण सार्वजनिक गरिने जनाइएको छ।प्राकृतिक विपद्को कठिन समयमा स्वदेशमा रहेका प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रवासमा रहेका नेपाली समुदायले देखाएको सहयोग र ऐक्यबद्धताले मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।

Previous Post

लिटिल मास्टर एण्ड मिस इटहरीको उपाधि हर्षिल र युनिशालाई, जुनियरतर्फ काव्याश्री विजेता

Next Post

बाढीपीडित उप्रेतीलाई प्रवास नेपाली सम्पर्क विभागद्वारा हवाई टिकट सहयोग

Next Post
बाढीपीडित उप्रेतीलाई प्रवास नेपाली सम्पर्क विभागद्वारा हवाई टिकट सहयोग

बाढीपीडित उप्रेतीलाई प्रवास नेपाली सम्पर्क विभागद्वारा हवाई टिकट सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal