Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘वेलकम टु हेम्जाकोट’ को मायाको रेडियो सार्वजनीक

रबिन राउत by रबिन राउत
२५ जेष्ठ २०७९, बुधबार २२:३६
in भिडियो, मनोञ्जन
0
‘वेलकम टु हेम्जाकोट’ को मायाको रेडियो सार्वजनीक
14
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२५ जेठ ।
कार्तिक २५ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ मा समाबेश ‘मायाको रेडियो’ बोलको गीत बुधबार राजधानीमा आयोजीत प्रेसमिटमा सार्वजनीक गरिएको छ ।
सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्मको आइटम फ्लेभरको गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचर छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर,राज सागरको संगीत र प्रज्वल अधिकारीको शब्द छ । कार्यक्रममा संगीतकार सागरले सबैलाई मनपर्ने खालको गीत तयार गरेको बताए । उनले आफ्नो फिल्म संगीतको यात्रा धेरै लामो नभए तापनि यसप्रकारका गीतले आफूलाई स्थापीत गराउने बिश्वास ब्यक्त गरे । गायक उदेशले ‘लोफर’ पछि आफू यही फिल्मबाट पुनः पाश्र्व गायनमा प्रस्तुत भएको बताए । त्यसैगरी, निर्देशक पौडेलले आफूले निकै मिहीनेत गरेर ‘वेलकम टु हेम्जाकोट’ निर्माण गरेकाले आमदर्शकको मन जित्नेमा ढुक्क रहेको बताए ।


चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा फिल्मका प्रमुख अभिनेता बिनोद न्यौपानेले ‘वेलकम टु हेम्जाकोट’ साँच्चै नै रमाइलो बनेको बताउदै दर्शकको माया पाउनेमा आशवादी रहेको सुनाए । ‘फिल्म सुटिङ पूरा गर्न कोरोनालगायत धेरै अबरोधहरु आए’ उनले भने, ‘तर पनि अहिले फिल्म हेर्दा त्यतिबेला गरेको दुःख सबै भुलाई दिन्छ । यो फिल्मले भोलि हलमा पनि दर्शकको दुःखपीडा भुलाएर मनोरञ्जनको संसारमा सयर गराउनेम ढुक्क छु ।’ कार्यक्रममा फिल्मकी प्रमुख अभिनेत्री अम्बिका तामाङ,सुजैरा कार्की,अस्मिता पन्तलगायत बिशाल पहाडी, शारदा गिरीले पनि आफूहरुको अभिनयलाई दर्शकले मन पराउने आशा ब्यक्त गरे ।


तेजप्रसाद दाहालको प्रस्तुति,सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको फिल्ममा बिनोद,अम्बिका,सुजैरा,अस्मिताका साथमा बुद्धि तामाङ,शारदा गिरी,बिशाल पहाडी,रबि गिरी,सन्दिप सिग्देल र स्व. जयनन्द लामाले अभिनय गरेका छन् । प्रवीण राई,रिता परियार,रमेश चापागाँई,सुदीप पोखरेल,सुनील पोखरेल,महेश प्रसाईँ,आइतराम तामाङ,सशांक खड्का,गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ ।

Previous Post

राज ,राजेश र तीर्थको सहकार्यमा ‘पहिलो चोटी‘ बजारमा

Next Post

पुष्प खड्का र अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’ बोलको गीत सार्वजनिक

Next Post
पुष्प खड्का र अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’ बोलको गीत सार्वजनिक

पुष्प खड्का र अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’ बोलको गीत सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal