अभिनेता सलोन बस्नेत र करिश्मा के।सीलाई पुत्रीलाभ भएको छ् । मेडिसिटी अस्पतालमा बुधबार बिहान करिश्माले छोरीलाई जन्म दिएकी हुन ।
२०७९ साल मंसिर १२ गते सलोन र करिश्माको विवाह भएको थियो । आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले जानकारी दिए । ‘हामी अत्यन्त खुशि छौं । आमाको मुख हेर्ने दिनमा नातिनीको जन्म भयो’ शोभितले भने ।

२०७९ सालको मंसिर १२ गते उनीहरुले करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । उनीहरुले केही म्यूजिक भिडियोमा एकसाथ काम पनि गरेका छन् । करिश्मा पेशाले भने एयर होस्टेस हुन् । सलोन चाँडै आफ्नो लगानीमा फिल्म ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा छन् । यसमा उनी स्वयंको अभिनय रहनेछ ।

>









Discussion about this post