Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मन्त्र’ टिमले सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीयालाई गर्यो सम्मान

रबिन राउत by रबिन राउत
२४ फाल्गुन २०७८, मंगलवार २१:३४
in प्रदेश नं ३, मनोञ्जन
0
‘मन्त्र’ टिमले सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीयालाई गर्यो सम्मान
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।  सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई चलचित्र ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ । पत्रकार सम्मेलनमा चलचित्रकी प्रमुख अभिनेत्री समेत रहेकी दीयालाई निर्देशक, निर्माता र अन्य कलाकारले बिदाइ गरे । उनी बुधबार आरोहणका लागि सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्दैछिन् ।

अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङसहितको चलचित्र युनिटले दीयालाई सगुनस्वरुप दही चखाएर शुभकामना समेत दियो । मौसमले साथ दिए अप्रिल ६ मा दीया सगरमाथा चुचुरोमा पुग्नेछिन् ।

झण्डै तीन महिनाको आरोहण कार्य सकेर उनी मे अन्तिमतिर फर्कने कार्यक्रम छ । आरोहणमा उनलाई विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिनेछन् । एलिट एक्सिपिडिसन आरोहण दलमार्फत दीयाले हिमाल चढ्न लागेकी हुन् ।

अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी छन् ।

आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गर्न लागेकी दीयाले तीनवटा च्यारिटीको लागि हिमाल चढ्न लागेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) टुगेदर), उनी कार्यरत कोलचेस्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।

सगरमाथा आरोहणको उत्सुकताबारे उनले अगाडि भनिन्, ‘सामागाउँमा चलचित्र छायाँकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’

चलचित्र‘मन्त्र’मा दीयासँगै अनस्क्रिन रोमान्स गरेका अभिनेता सौगात मल्लले आफूले कहिल्यै नसोचेको सगरमाथा आरोहणबारे दीयाको योजनाले आफूलाई समेत ऊर्जा थपेको बताए । ‘हिमाली क्षेत्र मलाई मनपर्छ । मलाई पनि घुम्न जान मन लागेको छ,’ सौगातले भने ।

अभिनेता बुद्धि तामाङ, अभिनेत्री नमिता तामाङसहित फिल्मका अन्य कलाकारले दीयालाई खादा ओढाउँदै सगरमाथा सफल आरोहणका लागि शुभकामना दिए ।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको निर्देशक गुरुङले बताए। करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर निकै नै मेहनतका साथ चलचित्रको छायाँकन गरिएको निर्देशक खिल बहादुर गुरुङले बताए।

चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । चलचित्र बैशाख १६ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने छ ।

Previous Post

आयो ‘बुलाकी’ को फस्र्टलुक

Next Post

म्युजिक भिडियोमा राजेशपायल राईको हौवा हौ दर्शन नमस्ते

Next Post
म्युजिक भिडियोमा राजेशपायल राईको हौवा हौ दर्शन नमस्ते

म्युजिक भिडियोमा राजेशपायल राईको हौवा हौ दर्शन नमस्ते

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal