Date
मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबमा ‘नेपाल भ्रमण बर्ष,२०२०’ भब्य समुद्घाटन,दूताबास द्वारा कार्यक्रम आयोजना

रबिन राउत by रबिन राउत
२३ पुष २०७६, बुधबार ०७:०८
in पर्यटन, प्रवास, फोटो फिचर, समाचार
0
साउदी अरबमा ‘नेपाल भ्रमण बर्ष,२०२०’  भब्य समुद्घाटन,दूताबास द्वारा कार्यक्रम आयोजना
1.6k
SHARES
709
VIEWS
Share on FacebookShare on Twitter

नेपाली दुताबास,साउदी अरब ले ‘नेपाल भ्रमण बर्ष,२०२०’ को औपचारिक रुपमा शुभारम्भ गरेको छ । रियाद स्थित क्राउन प्यालेस प्लाजा होटल को सभा हल मा आज आयोजित भब्य कार्यक्रममा बिच दुताबास ले समुद्घाटन गरेको हो ।नेपाल सरकार ले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई भ्रमण बर्ष घोषणा गरे अनुरुप सो घोषणा लाई सफल बनाउन साउदी अरबमा नेपाली दुताबास ले कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल भ्रमण बर्ष समुद्घाटन कार्यक्रम को सभापतित्व नेपाली राजदूत प्रा.डा महेन्द्र सिंह राजपुत ले गरेका थिए । कार्यक्रमको प्रमुख अथितिमा सुरा काउन्सिल मेम्बर डा.अब्दुल्ला अल सदुन,बिशेष अतिथि मा साउदी च्याम्बर काउन्सिल सदस्य डा.अब्दुल्लाह अहमद् अल महादी,डाइरेक्टर जनरल मोफा डा.मोहम्मद अल समरी,ज्वाइन्ट सेक्रेटरी मिनिस्टर अफ इन्टेरियर डा.अब्दुल्लाह अल खरैसी साथै साउदी कमिसन टुरिजम एन नेसनल हेरिटेजका मेनेजर  फाद अल अब्दुल क्रिम रहेका थिए । सन् २०१९ मा बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल साउदी नागरिक द्वय साउदी चेली नेली अख्तर र साउद अल ईदी लगायत बिसिस्ट साउदी नागरिकहरु अतिथिको रुपमा कार्यक्रममा उपस्थिति रहेको थियो ।

नेपाल एवं साउदी अरबको रास्ट्रीय धुन सहित सुरु भएको कार्यक्रममा साउदी अरबमा रहेका चर्चित नेपाली बासुरी बादक राज यात्री ले सुमधुर प्रस्तुति दिएका थिए ।नेपाली दुताबास का द्वितीय सचिब बिपिन दवाडी ले निकै मनमोहक तवर ले संचालन गरेको कार्यक्रममा नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुत ले स्वागत मन्तब्य दिएका थिए । मन्तब्यको क्रममा राजपुत ले नेपाल भ्रमण बर्ष सफल बनाउन आपसी सहकार्य को अपेक्षा रहेको जनाउदै साउदी नेपाल सम्बन्धको बारेमा चर्चा गरेका थिए ।

साउदी नागरिकहरु साथै बाक्लै संख्यामा नेपाली समुदायको उपश्तिती रहेको कार्यक्रममा रियाद स्थित आईटिएल टुर्स एण्ड ट्राभल्स मा कार्यरत बिबेक श्रेष्ठ ले नेपालको पर्यटन को बहुआयामिक पक्षको बारेमा प्रस्तुति दिएका थिए साथै गत बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोहन गर्न सफल साउदी चेली नेली अख्तर र साउद अल ईदी ले आफ्नो नेपाल बसाई को अनुभब साझा गरेका थिए । प्राकृतिक रुपमा नेपालको सुन्दरता असिम रहेको जनाउदै उनीहरु ले बिश्वमा घुम्न लायकको स्थान लागेको जनाए ।

साउदी अरबमा चर्चित अरबी पत्रिका अल वातान डेली मा कार्यरत सिनियर पत्रकार मोहाब अलावर ले आफ्नो नेपाल बसाई अनुभब साझा गरेका थिए । साउदीमा नेपाल निकै गरिब,अविकसित भन्ने सुनेको मा आफु नेपाल पुगेर आउदा सो भ्रम हटेको जनाउदै घुम्न लायक स्थान रहेको आफ्नो अनुभब रहेको जनाएका थिए । घुम्न जान आर्थिक रुपमा नेपाल सस्तो चाहि नलागेको तर धेरै महँगो पनि नलागेको जनाउदै नेपालीहरु को सरल र सहयोगी ब्यबहार देखेर निकै प्रभावित भएको उनको भनाई थियो । सिनियर पत्रकार अलावर जो केहि समय अघि साउदी अरबमा नेपालको प्रचार प्रसार गर्ने उदेश्य सहित दुताबास को प्रायोजनमा नेपाल पुगेर आएका थिए । उनि फर्के पछी नेपालको प्राकृतिक सौन्दर्य समेटेर पत्रिकामा लेख प्रकाशन गरेका थिए ।

निकै ब्यबस्थित र चुस्त रुपमा आयोजित कार्यक्रम स्थलमा नेपाल भ्रमण बर्ष,२०२० प्रबर्धन हेतु प्रचार सामग्रीहरु सजाएर राखिएको थियो । कार्यक्रममा नेपाली सहभागी बाहेकका अथितिहरु बिच लक्की ड्र मार्फत  हिमालयन एयरलाइन्स,फ्लाई दुबई,वातान एयरलाइन्स,ईतिहाद एयरलाइन्स,जजिरा एयरलाइन्स लगायतको प्रायोजनमा ७  जना भाग्यमानी लाई दुई तर्फी हवाई टिकट उपहार दिईएको थियो ।

नेपाली दुताबासका नियोग उपप्रमुख दिलिप कुमार पौडेल ले धन्यवाद मन्तब्य दिएका थिए साथै दुताबासको तर्फ बाट प्रमुख अथिति लगायत लाई मायाँको चिनो हस्तान्तरण गरिएको थियो । उपश्तित सहभागीहरु लाई नेपालको परिचयात्मक सामाग्रीहरु उपहार दिईएको थियो ।

सफल कार्यक्रमको आयोजना पश्चात एनए मिडिया का प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठ संग को कुराकानीमा नेपाली राजदुत महामहिम प्रो.डा महेन्द्र सिंह राजपुत ले आजको आयोजना मात्र सुरुवात भएको जनाउदै आगामी दिनमा पर्यटन प्रबर्धात्मक कार्यहरु जारी राख्ने जनाए । नेपाल भ्रमण बर्ष लाई सफल बनाउन दुताबास ले साउदी अरबमा क्रियाशील संघ संस्थाहरु,मिडियाकर्मीहरु लगायत सबै क्षेत्र बाट साथ् सहयोग पाई रहेको जनाउदै सबै मिलेर अभियान लाई सफल बनाउने जनाए ।

लाखौ श्रमिकहरु कार्यरत साउदी अरब भबिष्यमा नेपालको लागि मुख्य पर्यटक श्रोत मुलुक बन्न लामो बाटो तय गर्नु पर्ने देखिन्छ र यो दिशामा नेपाल भ्रमण बर्ष,२०२० को समुद्घाटन कार्यक्रमको सफलता लाई सुरुवात मान्न सकिन्छ……

समाचार सभार – https://arabnepal.com/news

Previous Post

बलिउड सुपरस्टार नेपाली ढाकाटोपीमा

Next Post

आयो विपिनको ‘सेल्फी किङ’ ट्रेलर (भिडियो)

Next Post
आयो विपिनको ‘सेल्फी किङ’ ट्रेलर (भिडियो)

आयो विपिनको ‘सेल्फी किङ’ ट्रेलर (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal