रियाद (साउदी अरेबिया), अन्जान गुभाजु। नेपालकी चर्चित तथा लोकप्रिय गायिका रचना रिमालको बहुप्रतीक्षित सांगीतिक प्रस्तुति भोलि (शुक्रबार) साउदी अरेबियाको राजधानी रियादमा हुँदैछ। झापाली समाज–साउदी अरेबियाको तेस्रो महाधिवेशनको अवसरमा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुन बुधबार नै रियाद आइपुगेकी रिमाललाई समाजका अध्यक्ष रबिन गिरी, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूले भव्य स्वागत गरेका थिए।
लोकप्रिय गीतहरूका कारण लाखौं नेपाली श्रोताको मन जितेकी रिमालले भोलि आफ्ना चर्चित तथा दर्शकले रुचाएका गीतहरू प्रस्तुत गर्नेछिन्। उनको आगमनसँगै साउदीमा रहेका नेपाली समुदायमा कार्यक्रमप्रति उत्साह बढेको छ भने सामाजिक सञ्जालमा समेत कार्यक्रमको व्यापक चर्चा भइरहेको छ।

कार्यक्रम रियादको एक्जिट–१३ मा दिउँसो १२ बजेदेखि सुरु हुनेछ। स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। प्रवेश शुल्क २५ साउदी रियाल तोकिएको छ।
झापाली समाज–साउदी अरेबियाका अध्यक्ष रबिन गिरीले साउदीमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई रचना रिमालको प्रस्तुति सफल बनाउन आग्रह गरेका छन्। उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। https://www.youtube.com/watch?v=BN2g8K7mNU4
अध्यक्ष गिरीले कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको बताए। कार्यक्रमबाट संकलित रकमबाट सम्पूर्ण खर्च कटाएर बचत हुने रकम वृद्धाश्रमलाई सहयोग गरिने उनले जानकारी दिए।
साउदी अरेबियामा नेपाली श्रमिकहरूको राहत, उद्धार तथा विभिन्न सामाजिक अभियानमा सक्रिय झापाली समाजले आयोजना गरेको यस कार्यक्रमलाई नेपाली कला, संस्कृति, मनोरञ्जन र समाजसेवाको उत्कृष्ट संगमका रूपमा हेरिएको छ। आयोजकले साउदीभर रहेका नेपालीहरूलाई परिवारसहित उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरेको छ।






















































































>










Discussion about this post