Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरब देखि प्रधानमन्त्री ज्यु लाइ खुला पत्र के छ पत्र मा ??

खगेन्द्र बराल by खगेन्द्र बराल
२५ बैशाख २०७७, बिहीबार १२:१७
in अन्य, आधारभूत, कुराकानी, देश, पत्रपत्रिका, प्रवास, राजनीति, समाचार, समाज
0
साउदी अरब देखि प्रधानमन्त्री ज्यु लाइ खुला पत्र  के छ पत्र मा ??
361
SHARES
492
VIEWS
Share on FacebookShare on Twitter

जनप्रिय सम्माननीय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खडग प्र ओली ज्यु,

कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ज्यु,

तपाईहरु आरामै हुनुहुन्छ होला। श्री पशुपतिनाथले हजुरहरु दुबैजना को  कल्याण गरुन् । अहिले बैदेशिक रोजगारीको सिलसिला मा मध्यपूर्व मा अवस्थित साउदी अरबमा कार्यरत रहेको छु। मेरो बिगत,परिबर्तन मा मेरो योगदान यहाँ उल्लेख गरि रहिन,मात्र अहिले कोरोना भाईरस को सन्त्रासका बीच ३ लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेको साउदी अरबमा हाम्रो कारुणिक अवस्था,हाम्रो अभिभावक संस्था प्रति को आश र कार्य समन्धमा स्पस्ट कुरा हजुरहरु सम्म पुर्याउने प्रयास गर्दै छु।

हामी हाम्रै देश नेपालका नागरिक हौ । हामी ‘सुन होइन नुन’ किन्न नसकेर आफ्नो घर देश देखि परेदेसमा आफ्नो रगत पसिना बगाइरहेका छौ । हामिले बगाएको रगत पसिनाले हाम्रो घर मा नुन मात्र होइन राज्य संचालन हेतु प्राणबायु सरह ठहरिएको ‘रेमिट्यान्स’ पनि भित्र्याएका छौ ।यो बिषयमा  हजुरहरु अनविज्ञ हुनुहुन्न ।म लगायत खाडिका दर्जनौं मुलुकहरुमा हाम्रा नागरिकहरु  कुन अबस्थामा छन ? तपाईंहरूलाई जानकारी होला भन्ने आशा मात्र लिएको छु तर भरोसा भने छैन।

अध्यक्ष द्वय गहन प्रश्न  तपाईहरु सामुन्ने राख्न गईरहेको छु -हाम्रा नागरिकहरु  अब अर्काको देश मा अकालमै मर्नुपर्ने हो ? यो पत्र पढ्दै गर्दा केहि ले भन्न सक्लान सबैतिर  यस्तै अवस्था छ ।किन रोइलो गर्दैगरेको होला ??  तर आम प्रवासीहरुको बुझाई,जीवन भोगाई  यहाँ सजिलो छैन ।

म साउदी अरबको केही यथार्थ परक तितो सत्यको बारेमा केही भन्न चाहन्छु ।करिब तीन लाख नेपाली श्रमिकहरु कार्यरत रहेको यो मुलुकमा कोरोना संक्रमण को अवस्था निकै नै भयावह अवस्था देखिन्छ । दैनिक हजारौ जना नयाँ संक्रमितहरु पछिल्लो दिन मा थपीई रहेको छ।साउदी मा नेपाली समुदाय संक्रमण बाट अछुतो रहने कुरै भएन  अवस्था यहाँ लेखेर साध्यनै छैन ।हाम्रो दूतावासले दिनेगरेको सुचना हेर्दा लाग्न सक्छ नेपालिलाइ कुनै समस्या छैन।कति नेपाली संक्रमित भए भनेर  संख्या बाहिर ल्याउने सम्म को ह्याउ दुताबास संग नरहेको देखियो अझ थप बिडम्बना त् कोरोना को कारण ले नेपाली को मृत्यु भई सकेको सप्रमाण मिडिया मा आई सक्दा पनि दुताबास चुईक्क बोल्दैन।दूतावासको आफ्नै बाध्यताहरु  होला यहाँको कानुन बिरुद्ध बोल्न रोक लगाइएको हुन् सक्छ ।त्यस कारण दूतावास मौन बसेको भन्ने मेरो बुझाइ छतर  दुताबास को  सुचना हेरेर बस्ने हो भने हामी कुनै नेपाली सकुसल नेपाल फर्कने अवस्था भने  देखिन्न,यो पक्का हो ।

भन्न त साउदी सरकारले सम्पुर्ण उपचारको ब्यबस्थापन यहाँको  राज्यले गर्ने आश्वासन दिएको छ तर त्यो  कागजमा मात्र झै देखिन्छ। हामिले जब यो कोरना नामक भाइरसले साउदि अरबमा रहेका  मजदुरहरु र  नागरिकहरुमा  संक्रमणको संख्या बढ्न थाल्यो। तेहि बेलादेखिनै यहाँ रहेको दूतावासलाई भिभिन्न तरिकाबाट सुझाबहरु दिएकै हो ।तर कति कार्यान्वयन भए भएनन समिक्षा कुनैदिन अबस्य हुने नै छ। सम्माननीय  प्रधानमन्त्री ज्यु,हामिले यहाँ अति कष्टकर जीवन बिताइरहेका नेपालीहरुको जति सक्दो छिटो उद्दार गर्नुको निमित्त आवाज उठाउदा कसैलाई केही गुनासो होला त ?? केही गुनासो भए प्रक्रिया पुर्याएर कारवाइ गर्दा हुन्छ ।म त्यो कारवाही  भोग्न तयार छु तर बोल्न छोडिन्न ।अहिले सम्मको नालायक सरकार मेरो पार्टीको  मेरै सरकार बन्यो,यसो भन्न म बिवश छु ।

देश चलाउन रेमिट्यान्स भित्र्याउदै आएका हजारौं नेपाली श्रमिकहरु कुन अबस्थामा छ्न ?? के त्यसको  लेखाजोखा नेपाल सरकार र कुटनैतिक नियोगहरु संग छन ??  यदि जनताको भावना मर्म र परिस्थिति अनुसार चल्न सकिदैन भने तत तत ठाउमा पद समालेर बस्नुभएको महासयहरुले आफ्नो कुर्सी खालि गरौ । हामिले दिएको सुझाव अनुसार चल्नलाई कस्ले रोकेको छ ?  के हामी ले  बिदेशमा फसेका जनतालाइ आफ्नो मुलुक फर्काउन पहल गर्नुस भन्दा गल्ती भन्यौ र ?  के हामी अनि हाम्रा जनता व्यवारिस  बन्दै मर्नुपर्ने हो ? आफ्नो देशको नागरिक लाई सुरक्षा दिने जिम्मेवारी कस्को हो ? सकिदैन आफ्नो पद छोडदै ठाँउ खाली गरेर आराम गरौ। हामी पनि सक्छौ आफ्नो नागरिकको सुरक्षाको लागि केही नयाँ तरिका अपनाउन र सुरक्षा दिन ।

आफ्नो नागरिक प्रती जिम्मेवार कहिले बन्ने हो। हाम्रो कुटनैतिक नियोग,जिम्मेवार मन्त्रीहरुलाई लाज लाग्दैन होला ?  तर अब हामीलाई  लाज लाग्न थालिसकेको छ।यस्तै गरि नागरिकलाइ झुट माथी झुट बोल्दै यस्तो परिस्थितिमा जनता रुवाउने हो भने अहिले तपाइँहरुको पछि लाग्ने हामी जस्ता सचेत कार्यकर्ता भोलि तपाइँहरु  बिरुद्ध गोलबद्द नहोलान्न भन्न सकिन्न । छिमेकी रास्ट्र  भारतले आफ्नो नागरिकहरु लाई बिभिन्न देश बाट  उद्दार १० मे २०२० बाट सुरुगर्ने बताइसकेको छ । बिडम्बना न  त हाम्रो सरकारको धारणा आएको छ,न कुटनैतिक नियोगको नै आउँछ। हामी जनताले मात्र कस्ट खेप्नुपर्ने हो त ? यी यावत बिषयहरु मा  नेपाल सरकारको ध्यान जाओस् ।

अन्त्यमा  यसो भन्दै गर्दा अन्य नेपाली जनता भड्काउन ठेक्का लिनेहरु मेरो भनाइ देखाउदै रमाउन पनि  आबस्यक छैन ।एउटा अभिवाक संग  सचेत कार्यकर्ता र सचेत नागरिकको हैसियतमा मेरो गुनासो प्रधानमन्त्री ज्यु सम्म पुर्याउन चाहन्छु ।

  • रामचन्द्र वाग्ले प्रबासी नेपाली एकता मंच,साउदी अरब का केन्दीय सदस्य हुन् ।
Previous Post

सन्ध्या र बिमोचन अभिनित 'तिम्रो यादले' सार्वजनिक ( भिडियो सहित )

Next Post

साउदी अरबमा नेपालीहरुबाट अक्ष्यकोषको स्थापना |

Next Post
साउदी अरबमा नेपालीहरुबाट अक्ष्यकोषको स्थापना |

साउदी अरबमा नेपालीहरुबाट अक्ष्यकोषको स्थापना |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal