अहिलेका एकदम नै चर्चित गायक तथा संगितकार बिशाल काल्तान र चर्चित गायिका जितु लोप्चनको स्वरमा रहेको नयां गित ” गादे जेबा छामे ” भिडियोको साथमा युट्युब मार्फत बजारमा आएको छ । गितलाई गायक काल्तानको आफ्नै युट्युब च्यानल Bishal Kaltan बाट बजारमा ल्याएको हो । पछिल्लो समय Tiktok सामाजिक सन्जालमा यो गित एकदमै हिट छ । यि हरफ ” धिममि ङाला तिमाल, म्राङ्मुला हिमाल ” लाई सबैले मनपराएका छन । नेपालको काभ्रे जिल्लामा रहेको तिमाल ( तेमाल ) लाई जोडेर लेखेको यस गितको शब्द अनि प्रस्तुतकर्ता तिमाल कै युवा तथा नव शब्दकार बिपिन लोप्चन को रहेको छ । गितको संगित गायक स्वंयको रहेको छ भने एरेन्ज आगा लामा र मिक्सिङ दिपेश प्रधानले गरेका छन । गितलाई काठमाडौं बौद्दमा रहेको HD Studio मा रेकर्ड गरेका छन । चर्चित नायक तथा निर्देशक अ्मिर दोङले निर्देशन गरेको यस गितमा कलाकार : युद्द लामा, डोल्मा शेर्पा , सन्जिव तामाङ , सुनि तामाङ र अन्य कलाकार हरुको अभिनय रहेको छ । बज्र न्यासुरले छयांकन र कलर गरेको यस गितको सम्पादन भने निर्देशक अ्मिर दोङले नै गरेका छन ।

>








Discussion about this post