काठमाडौं । नव गायक रबिन गिरीको “सितलु ” आधुनिक लोक गीतको अडियो बजारमा आएको छ। बुधबार रबी मल्ल युटुब च्यानलमा सार्वजनिक भएको सितलुमा गायक गीरीको सुमधुर आवाज रहेको छ। “तिम्रो लागि हु म ” र “मेरो लागि तिमि” २०१६ जस्ता कर्णप्रिय गीतमा समुधुर आवाज भरिसकेको गायक गिरीको यो तेस्रो प्रयास हो। ” सितलु “को रचना तथा संगीत सम्भावना बोकेको गायक रबी मल्ल रहेका छन् भने संगीत संयोजनमा चर्चित अरेन्जर उदयराज पौडेल र मिक्स/मास्टरमा प्रकाश मिश्र (Acoustic Nepal) रहेका छन्। बच्चापन देखि संगीत पारखी रहेको गायक गिरी वैदेशिक रोजगारीको सिलसिलामामा साउदी अरबको प्रतिष्ठित कम्पनी अल्मराईमा कार्यरत रहेका छन्।प्रवासी नेपाली श्रमिकको मर्म र अबस्था बुजेका गायक गिरी आफ्नो ड्युटीबाट बचेको समय सामाजिक अभियान र गीत संगीतमा लगाउने गर्दछ। छिट्टै नै “सितलु”को म्युजिक भिडियो छायांकन जाने बताउदै आफ्नो प्रयासलाई सुनिदिएर हौसला बढाईदिन आम दर्शक/स्रोतालाई पिटि अनलाईन मार्फत अनुरोध गरेका छन्। “मेरो पहिलाको गीतहरु सेन्टिमेन्टल थिए।यो गित चाहिँ नाचुम नाचुम लाग्ने खालको हुनुपर्छ भनेर सर्जक तथा संगीतकार मल्लले मेरोलागि यो गीत गाउन लगाएको हुन् – गायक गिरीले भने –
“सितलु ” सुन्न /हेर्न यहाँ जानुहोस।
</>








Discussion about this post