Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालले दोहोरो स्वर्ण जित्न सफल भएको छ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० मंसिर २०७६, शुक्रबार १३:२२
in खेलकुद, देश, समाचार
0
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालले दोहोरो स्वर्ण जित्न सफल भएको छ।
30
SHARES
131
VIEWS
Share on FacebookShare on Twitter

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालले दोहोरो स्वर्ण जित्न सफल भएको छ।

पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार स्वर्ण जित्न सफल भएका हुन्। यसअघि बिहीबार सञ्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै इतिहास रचेकी थिइन्।

नेपाल प्रहरीका थापाले स्न्याचमा १२३ र क्लीन एण्ड जर्कमा १४६ सहित कुल २६९ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरे।

छनोट चरणमा उनको नाममा स्न्याचमा १२२ र क्लीन एण्ड जर्कमा १४२ सहित २६४ केजीको रेकर्ड रहेको भारोत्तोलन प्रतियोगिताका प्रवक्ता रुकेश तण्डुकारले बताए। थापा १२ औं संस्करणका रजत विजेता पनि हुन्।

८९ केजी तौल समूहमा बंगलादेशका खेलाडी मो सकायत हुसेनले रजत जिते। स्न्याचमा १२३ र क्लीन एण्ड जर्कमा १४५ गरी कुल २६८ केजी तौल उठाउँदै उनी रजतमा सीमित भएका हुन्। प्रतियोगितामा भाग लिएका पाकिस्तानी खेलाडी अबुर रहमान बिरामीले खेल्न सकेनन्।

यस्तै, ८१ केजी तौल समूहमा पाकिस्तानका हैदर अलिले स्वर्ण पदक जित्न सफल भए। उनले स्न्याचमा १४२ केजी र क्लीन एण्ड जर्कमा १७६ केजी गरी ३१८ केजी भार बहन गरे। भारतका अजय सिंहले स्न्याचमा १४० केजी र क्लीन एण्ड जर्कमा १७६ केजी गरी ३१६ केजी भार बहन गरे। श्रीलंकन खेलाडी भिसिजी विदाङ्गेले कास्य पदक हात पारे। उनले स्न्याचमा १२८ केजी र क्लीन एण्ड जर्कमा १६० केजी गरी २८८ भार बहन गरे। जितपछि विकासले देशलाई स्वर्ण दिलाउन सफल भएकोमा खुसी लागेको प्रतिक्रिया दिए।

साग इतिहासमै नेपालले भारोत्तलनबाट सर्वाधिक पदक जित्न सफल भएको छ। जारी संस्करणमा पनि नेपालको पदक संस्था २ स्वर्ण सहित ६ कास्य पुगिसकेको छ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा शुक्रबारकै खेलमा नेपालका तर्फबाट कमलबहादुर अधिकारी (६७ केजी), प्रकाश केसी (७३ केजी), राज्यलक्ष्मी थापा (७१ केजी) र देवी चौधरी (६४ केजी) ले कास्य जितेका छन्। बिहीबारको खेलबाट सञ्जु चौधरीले स्वर्ण सहित संगीता राई (४५केजी) र तुलाराम महतो (५५ केजी) ले कास्य जितेका थिए।

चार दिनसम्म चल्ने भारोत्तोलन प्रतियोगितामा महिला पुरुषतर्फ १०÷१० इभेन्ट्समा २० स्वर्णका लागि खेल हुनेछ। हालसम्म १२ वेट समूहमा खेल सम्पन्न भैसकेकोमा अब ८ वटा वेट समूहमा खेल हुन बाँकी छ।

Previous Post

फिल्म ‘प्रेम गीत ३’मा नायक प्रदिप खड्काको बाल्यकाल यस्तो देखिए

Next Post

साग पुरुष क्रिकेट – बंगलादेशद्वारा भुटान पराजित

Next Post
साग पुरुष क्रिकेट –  बंगलादेशद्वारा भुटान पराजित

साग पुरुष क्रिकेट – बंगलादेशद्वारा भुटान पराजित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal