Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘द आउट ल’ को शुभ मुहर्त

रबिन राउत by रबिन राउत
२२ पुष २०७९, शुक्रबार १२:४१
in मनोञ्जन
0
चलचित्र ‘द आउट ल’ को शुभ मुहर्त
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : चलचित्र ‘द आउट ल’ को शुभ मुहर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पुजाआजा गर्दै क्यामेरा अन गरेको हो ।

चलचित्रको आजै ललितपुर नजिकैको एक सेटबाट छायांकन प्रारम्भ भएको छ, अबको ४० दिनभित्र छायांकन सक्नेगरी ‘द आउट ल’ को सुटिङ सुरु भएको हो । रेट्रो गु्रपको व्यानरमा निर्माण गर्न लागिएको यो चलचित्रको अंगेजी नयाँ बर्षको छेको पारेर चलचित्र निर्माण गर्ने घोषणा गरेको थियो, सोहि दिन थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको थियो ।

टिजर र फस्ट लुक पोस्टरबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले थप मिहेनतका साथ काम गर्ने अठोट लिएको निर्देशक बिक्की महर्जनले प्रतिक्रिया दिए । मुहर्त कार्यक्रममा मिडियाकर्मीसँग दिएको संक्षिप्त कुराकानीमा उनले भने, – ‘हामीले दर्शक तथा मिडियाबाट यसअघिका कन्टेन्टबाट राम्रो प्रतिक्रिया पाएका छौं । हामी धेरै लामो समयको तयारीपछि अहिले फ्लोरमा जान लागेका हौं । पक्कैपनि प्रोजेक्ट राम्रो बन्नेछ ।’

अभिनेता शुुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतका कलाकारको मुख्य भुमिका रहने ‘द आउट ल’  पुर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुँदैछ । निर्माण टिमले आगामी बर्षको दशैं आसपासको समयमा प्रदर्शन गर्ने काम थालेको हो । तर, चलचित्रको छायांक्न नसक्दै प्रदर्शन मितिबारे केहि नबोल्ने निर्माता शशांक खड्काले बताए । उनले भने, ‘एउटा जुझारु युवाहरुको टिम लिएर काम हुँदैछ । स्क्रिप्टदेखि टिम मेम्बरसम्म राम्रो बनेको छ । आउपुट पनि राम्रो आउँछ भन्ने कुरामा म लगायत मेरो टिम विश्वस्त छ ।’

विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।
कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्दैछ । उनले एउटा राम्रो कथामा काम गर्न पाउँदा खुसी लागेको बताए । शुभ मुहुर्त कार्यक्रममा अभिनेत्री शिक्षा संर्गौला तथा चलचित्र निर्माण टिमका सम्पुर्ण सदस्य सँगै निर्देशक मिलन चाम्स लगायतका विभिन्न व्यक्तिको समेत उपस्थित थियो ।

शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत चलचित्र प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् ।  नविन गुरुङ चलचित्रका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्रका अधिकांश दृश्यको काठमाडौं उपत्यकाभित्रै छायांकन गर्ने बुझिएको छ ।

Previous Post

गायक पुष्प डि. आर.को स्वरमा रहेको ‘म तिमीलाई‘ सार्वजनिक

Next Post

‘गुञ्जन’ मननपरे पैसा फिर्ता दिने निर्माताको घोषणा ट्रेलर रिलिज

Next Post
‘गुञ्जन’ मननपरे पैसा फिर्ता दिने निर्माताको घोषणा ट्रेलर रिलिज

‘गुञ्जन’ मननपरे पैसा फिर्ता दिने निर्माताको घोषणा ट्रेलर रिलिज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal