Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ फर्स्ट लुक पोस्टर सार्वजनिक

रबिन राउत by रबिन राउत
२२ पुष २०७८, बिहीबार २१:१३
in प्रवास, मनोञ्जन, समाचार
0
अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ फर्स्ट लुक पोस्टर सार्वजनिक
12
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। कोभिड १९ को महामारीले विश्व ग्रस्त भएको भयता पनि नेपाली सिनेमा निर्माणलाई पनि निरन्तरता दिनु पर्छ भन्ने उदेश्य राखेर नेपालीहरुको बाक्लो बसोबास रहेको अष्ट्रेलिया त्यसमा पनि सिड्नीमा नेपाली थ्रिलर हरर सिनेमा ‘पर्पला’ को निर्माण गरिएको छ। अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका बिभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर यस सिनेमाको लेखन तथा निर्माण गरेको कुरा लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा रहेको र दोस्रो चरणको छायाँकन छिट्टै गरेर सिनेमालाई बजारमा ल्याउने निर्माण पक्षले बताएको छ।

निर्माता तथा कलाकार भानु प्रतापले अस्ट्र्लिया बसाइको क्रममा त्यहाँको टिमसंग मिलेर चलचित्र ‘पर्पला’को निर्माण गरेका हुन् । उनले निर्माण गरेको पछील्लो चलचित्र ‘लाल्टिन’ पछी अस्ट्रेलियामा बसोबास गर्दै आएकाउनले यो बिचमा म्युजिक भिडियो, शर्ट मुभी निर्माण साथै नेपाली चलचित्रहरुको अस्ट्रेलियामा प्रदर्शन गर्दै आएका छन ।

अष्ट्रेलिया बसेर नेपाली फिल्मको निर्माण र प्रबर्धनमा एक दशक देखी निरन्तर लागि परेका मनोज अधिकारी ‘पर्पला’ फिल्मका लेखक तथा निर्देसक हुन् । उनले अष्ट्रेलियामा बनेको पहिलो नेपाली चलचित्र ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए। यस लगायत अष्ट्रेलिया र नेपालमा बनेका थुप्रै फिल्ममा निर्माताका रुपमा पनि अनुभब बटुलेका उनले अष्ट्रेलियन ( हलिउड) सिनेमा ‘गर्ल एडिक्टेड’ भन्ने अङ्रेजी सिनेमाको पनि निर्देशन गरी सकेका छन्। ‘पर्पला’ सिनेमाको कथा लेख्नको लागि नर्सिङ पेशामा रहेकी आफ्नी श्रीमती र अरु साथीभाईहरुले सुनाएका घटनाहरुले प्रेरणा दिएको उनि बताउछन।

पर्पला फिल्मका मुख्य अभिनेता पुकार गौतम रहेका छन् । उनी नेपालमा झरना थापासँग ‘झिल्के’ नामक सिनेमा खेलेका थिए भने अष्ट्रेलिया गएपछी ‘ह्याप्पी न्यु इयर’ मा नायक भएर अभिनय गरी सकेका छन। पुकारले ‘पर्पला’ लाई सिनेमा क्षेत्रमा अगाडि बढाउदै स्थापित गराउन मद्दत गर्ने सिनेमाको रुपमा लिएका छन् ।

बिगत पाँच बर्ष देखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी निखिला बुढाथोकी पेशाले नर्स हुन्। उनि अस्ट्रेलियामा राम्रो बेली डान्सरको रुपमा परिचित छिन्। उनले थुप्रै इभेन्टमा आफ्नो प्रतिभा देखाउनुका साथै आधा दर्जन म्युजिक भिडियोमा समेत काम गरि सकेकी छन् ।अभिनय समेत एकदम अब्बल निखिला ‘पर्पला’ फिल्मकी मुख्य नायिका हुन।

बिगत १२ बर्ष देखि अस्ट्रेलियामा महिला ब्यबसायिको रुपमा स्थापित रोजी पन्तले पनि यसै चलचित्र मार्फत सह नायिकाको रुपमा डेब्यु गर्दै छिन , यस अघि उनले बिभिन्न म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो कला देखाई सकेकी छन् त्यसैगरी नेपालमा रहंदा केहि टेली सिरियल र नेपाली सिनेमामा अभिनय गरेकी प्रेक्ष्या अधिकारीले पनि ‘पर्पला’ फिल्ममा सह नायिकाको रुपमा अभिनय गरेकी छन।

अष्ट्रेलियन कलाकार ओल्गा तमरा अष्ट्रेलियन फिल्म क्षेत्रमा चिनिएको नाम हो, पर्पला फिल्मको कथा र स्क्रिप्ट मन पराएर यस नेपाली सिनेमा खेल्न राजी भएकी हुन् । उनको फिल्ममा बिशेष भूमिका रहेको छ। यी लगायत १ दर्जन भन्दा बढी अष्ट्रेलियन कलाकारले पनि यस सिनेमामा अभिनय गरेका छन।

आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता भानु प्रताप ढकाल हुन्। अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्। रबिन्द्र कुमार शर्मा,डम्बर बहादुर रसाइली,छबी अधिकारी सरोज कुमार वाइबा निर्माता रहेका छन्। सरस्वती गौतम,शृजना ल्वागुन,भिम राज रसाइली,वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन्।

Previous Post

जीवन्त नेपाल म्युजिक अवार्ड २०७८ शम्भुजीतलाई आजिवन योगदान सम्मान, अग्लेश्वरी हिल्सको बृत्तचित्र प्रदान

Next Post

"नारायण नारायण" भन्दै नयाँ लोक भजन लिएर आए गायक अशोक अर्याल (भिडियो सहित)

Next Post
“नारायण नारायण” भन्दै नयाँ लोक भजन लिएर आए गायक अशोक अर्याल (भिडियो सहित)

"नारायण नारायण" भन्दै नयाँ लोक भजन लिएर आए गायक अशोक अर्याल (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal