Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जीवन्त नेपाल म्युजिक अवार्ड २०७८ शम्भुजीतलाई आजिवन योगदान सम्मान, अग्लेश्वरी हिल्सको बृत्तचित्र प्रदान

रबिन राउत by रबिन राउत
२२ पुष २०७८, बिहीबार २१:०९
in प्रदेश नं ४, मनोञ्जन
0
जीवन्त नेपाल म्युजिक अवार्ड २०७८ शम्भुजीतलाई आजिवन योगदान सम्मान, अग्लेश्वरी हिल्सको बृत्तचित्र प्रदान
14
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २१ पुष
अग्लेश्वरी हिल्स विकाश कोषको आयोजनामा अग्लेश्वरी सैलुङ र खाँडादेबी पर्यटन प्रवर्धनको लागि काठमाडौंमा पहिलो ‘जीवन्त नेपाल म्युजिक अवार्ड–२०७८’ सम्पन्न भएको छ । नेपाली संगीत क्षेत्रमा करिब पाँच दशदेखि निरन्तर योगदान दिएको भन्दै संगीत रत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई सो समारोहमा जीवन्त योगदान संगीत सम्मान–२०७८ बाट सम्मानित गरिएको छ ।  ५१ हजार १५१ रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानित गरियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, नेकपा एमालेका केन्द्रिय सदस्य माधव ढुँगेल, नायक पल शाह, आयोजक संस्था अग्लेश्वर हिल्स विकाश कोषका अध्यक्ष सिजम सिंजालीसहित विभिन्न व्यक्तिहरुले उनलाई सो सम्मानबाट सम्मानित गरेका हुन् ।


‘माथि माथि सैलुँगेमा…’ गीतका सैलुङ क्षेत्रको प्रचार प्रसारका लागि योगदान दिएको भन्दै अग्रज संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान र गीतकार श्रवण मुकारुङलाई नगद सहित ‘विशिष्ट योगदान संगीत सम्मान–२०७८’ बाट सम्मानित गरियो ।
यस्तै आ आफ्नो क्षेत्रमा योगदान पु¥याएको भन्दै कार्यक्रममा अग्रज पत्रकारद्धय बिदूर गिरी र मनोहरि थापा, संगीतकार मिलन मोक्तान, गीतकार डा. डि.आर. उपाध्याय, गायक सुरज पौडेल, गायिका धनकुमारी थापा ‘सुरु’, विद्या तिवारी, लेखक शँकर तिवारी, मेकअप आर्टिष्ट गीता शाहलाई सम्मानित गरियो ।
सो समारोहमा विभिन्न ३८ विधामा ‘जीवन्त नेपाल संगीत सम्मान–२०७८’ प्रदान गरिएको छ । कार्यक्रममा अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा ‘बेष्ट मोडल अफ दि इयर’ को अवार्ड चुम्न सफल भएका छन् । अभिनेता पल शाहले आधुनिक गीतमा फुलबुट्टे सारीबाट ‘बेष्ट मोडल अफ दि इयर मेल’ र अभिनेत्री पुजा शर्माले रमरम मरौटी गीतबाट ‘बेष्ट मोडल अफ दि इयर फिमेल’को अवार्ड हाँसिल गरेका हुन् । यस्तै वर्षको पपुलर गायकको अवार्ड सम्झने पानी छम्कने…गतिबाट सम्राट चौलागाईंले, वर्षको पपुलर गायिकाको अवार्ड मिनरल वाटर… गीतबाट एलिना चौहानले प्राप्त गरे । यस्तै युगल गायनको अवार्ड मत माया…गीतबाट कमल खत्री र पुजा न्यौपानेले हाँसिल गरे ।


कार्यक्रममा बेष्ट क्यामेरा म्यानको अवार्ड सम्झौता गीतबाट रामकुमार केसीले, सम्पादकको अवार्ड तिम्रो मन बदलियो गीतबाट विकाश धमलाले, कोरियोग्राफरको अवार्ड आँखैमा गीतबाट सुरेन्द्र बसेसले, चलचित्र संगीतकारको अवार्ड चलचित्र म यस्तो गीत गाउँछु–२ बाट अर्जुन पोखरेलले हाँसिल गरे ।
यस्तै आधुनिक गीत संगीतकारको अवार्ड कती मायाँ…गीतबाट बसन्त सापकोटाले, पप तर्फ संगीतकारको जुरी अवार्ड आजै हो तिमी…बाट शिब थापामगरले, आधुनिक संगीत डायस्पोराको अवार्ड सितल सितल…गीतबाट कृष्ण रिजालले प्राप्त गरे ।


 यस्तै आधुनिक गीतमै उत्कृष्ट पुरुष मोडलको अवार्ड माथि माथि गीतबाट अनिष मगरले, नव मोडलको अवार्ड आमा गीतबाट युवराज दाहालले, महिला मोडल तर्फ जुरी अवार्ड आगो पनि गीतबाट बिनु शाक्याले, डायस्पोरा अवार्ड बिदेश गीतबाट सरिना अधिकारीले, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हेर आज गीतबाट सुरज सिंह ठकुरीले, सेलो गीत तर्फ पुरुष मोडलको अवार्ड हेरुका लामाले, महिला मोडलको अवार्ड घरमेरो पूर्वबाट निरन्जली लामाले हाँसिल गरे ।
यस्तै बाल मोडलको अवार्ड सम्झने पानी छम्कने… गीतबाट जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठ र आरुषी ढकालले, पप गायकको अवार्ड काँडा फुलबाट मानस राजले, पप गायक जुरी अवार्ड माया माया…गीतबाट समिर हमालले, पप गायिका जुरी अवार्ड मर्छुकी क्याहो…गीतबाट अस्मी रिसाललेले जितेका छन् ।
सोही क्रममा सर्वोत्कृष्ट अधुनिक गायकको अवार्ड कती माया…गीतबाट सुमन केसीले, आधुनिक गायनमै जुरी अवार्ड महसुस गीतबाट बिक्रम धमलाले, आधुनिक गायक डायस्पोरा अवार्ड बिदेश गीतबाट राजिव राजले प्राप्त गरे । यसैगरी आधुनिक नव गायकको अवार्ड किन होला गीतबाट चन्द्र लोहारले, नव गायक पप अवार्ड घुम्न गाउँन गीतबाट शैलेन्द्र मुडभरीले, नव गायिकाको अवार्ड आकाशमा गीतबाट चाँदनी शाक्यले, वर्षको नव गायन लोक पप अवार्ड आकाशैमाबाट निरुता खत्रीले र गायिकाको अवार्ड हाँसिल गरे ।  
सोही कार्यक्रममा सेलो गीततर्फ जुरी अवार्ड डम डम डम्फुबाट अमन तामाङले, बेष्ट पप सिँगर अफ दि ईयरको अवार्ड कती बसौंबाट हिमाल श्रेष्ठले, लोक पप सिंगरको अवार्ड नविन कुमार पौडलले, राष्ट्रिय भावको गीतको अवार्ड प्रकाश कार्कीले, राष्ट्रिय भावको गीतको अवार्ड झुक्दैन बीर नेपाली गीतबाट तिलाचन आचार्यले, म्युजिक भिडियो निर्देशक डायस्पोराको अवार्ड सान्त कुमार राईले हाँसिल गरे । वर्षको उत्कृष्ट गीतकारको अवार्ड घार्रघुर्र गीतबाट होमराज श्रेष्ठले, पप संगीतकार र गायक डायस्पोराबाट प्रणय क्याडी श्रेष्ठले प्राप्त गरे ।


खाँडादेबि, सुनापाति र दोरम्बा गाउँपालिकाको सहकार्यमा यी तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मुर्ति निर्माणको लागि यो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अग्लेश्वर हिल्सको बारेमा बृत्तचित्र प्रदर्शन गरिँदै अग्लेश्वर हिल्स र सैलुङ क्षेत्रको चर्चा गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै आयोजक संस्था अग्लेश्वर हिल्स विकाश कोषका अध्यक्ष सिजम सिंजालीले चलचित्र छायाँकन देखि घुमघामको लागि अग्लेश्वर हिल्स र सैलुङ क्षेत्र उत्कृष्ट भएको बताए । यस्तै कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य माधव ढुँगेलले अग्लेश्वर हिल्स र सैलुङ क्षेत्रको महत्वबारे कार्यक्रममा प्रकाश पारे ।
सो कार्यक्रममा कलाकार बिनु शाक्य, सरेन बसेल, खुसी अधिकारीले नृत्य र गायक मानस राज गायिका एलिना चौहान, मेलिना मैनालीलगायतले आफ्ना चर्चित गीत प्रस्तुत गरेर कार्यक्रमलाई सँगीतमय तुल्याए ।

Previous Post

फेश अफ द माडवारी किड्स २०२१’ चयन अन्तिम तयारीमा

Next Post

अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ फर्स्ट लुक पोस्टर सार्वजनिक

Next Post
अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ फर्स्ट लुक पोस्टर सार्वजनिक

अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ फर्स्ट लुक पोस्टर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal