Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली सेनाको ३ अर्ब ३८ करोडको विमान, नेपाल आइपुग्यो (भिडियोसहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ कार्तिक २०७६, मंगलवार १५:०९
in अन्य
0
नेपाली सेनाको ३ अर्ब ३८ करोडको विमान, नेपाल आइपुग्यो (भिडियोसहित)
40
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपाली सेनाले सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५-२२० विमान काठमाण्डौ आइपुगेको छ । कार्गाे विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाण्डौ आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

दुई वर्षअघि झण्डै साढे तीन अर्बमा नेपाली सेनाले खरिद सम्झौता गरेको थियो । यसका लागि नेपाली सेनाले सन् २०१७ को जुन महिनामा ३० मिलियन अमेरिकी डलरको सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।

इन्डोनेसियाको वेस्टजाभा बान्डुङको हुसेन सास्त्रानेगारा एअरबेसबाट उडेको विमान काठमाण्डौ आइपुगेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार इन्डाेनेसियाको पीटी डिरागान्तारा (सरकारी कम्पनी) ले निर्माण गरेको विमान बहुउपयोगी छ ।

अब नेपाली सेनासँग हवाई साधनको संख्या २७ पुगेको छ, जसमा १२ ओटा सञ्चालनमा छन् भने १५ ओटा ग्राउण्डेट छन् ।

‘यो विमान विपद्को समयमा विभिन्न सैन्य गतिविधिका लागि सञ्चालन गरिनेछ । यो विमानले विशेषगरी मान्छे बोक्ने, सामान बोक्ने र प्यारा टोलीलाई जम्प हान्न पनि उपयोगी हुन्छ’, प्रवक्ता पाण्डेले भने ।

यो विमानको परीक्षण उडानको प्रक्रिया भने बाँकी नै रहेको उनले जानकारी दिए । साथै यो विमान हवाई यात्रादेखि कार्गाे सुविधा पनि सञ्चालन गर्न सकिन्छ । विमानलाई परिमार्जन गरेर पनि आवश्यकताअनुसार विभिन्न उपयोगमा ल्याउन सकिन्छ ।

इन्डोनेसियाली मिडिया का अनुसार सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको हो। उक्त विमान इन्डोनेसियाली सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको हो। विमान इन्डोनेसियाको वेस्ट जाभा, बान्डुङमा रहेको हुसेन सास्त्रानेगारा एयरबेसबाट बुधबार काठमाडौंका लागि उडेको थियो ।

यो विमानमा रहेका छवटा कन्फिगुरेसन मोडहरुबाट यातायात, कार्गो, प्याराट्रुप, मेडिभ्याक, मारिटाइम पेट्रोल र भीआईपी उडानका लागि आवश्यकताअनुसार प्रयोग गर्न सकिने निर्माता कम्पनीका निर्देशक एल्फिन गोएन्टोरोले पनि जानकारी दिए।

यो विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने खालको छ । यो विामनले ५१ जनासम्म यात्रु बोक्ने क्षमता राख्छ।

नेपालले धेरै प्रयोजनमा प्रयोग गर्न सकिने गरी विमानको माग गरेको बताइएको छ। नयाँ विमानमा अहिले क्याप्टेन एस्थर गायत्री सालेहले टेस्ट पाइलट र उडान निर्देशकको रुपमा तथा क्याप्टेन एर्भान गुस्तान्तोले कोपाइलटको रुपमा उडाएको समाचारमा जनाइएको छ।

नेपाली सेनाले पनि अन्तिम ग्रहणको लागि परीक्षण उडानलगायतका आवश्यक कुराहरु गर्नेछ।

साभार :- षदेश नेपाल बाट

Previous Post

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माउतेको मृत्यु

Next Post

भ्रष्टाचारविरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई कुट्ने मुख्य व्यक्ति रेणुका ड्राइभर, प्रहरीद्वारा पक्राउ |

Next Post
भ्रष्टाचारविरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई कुट्ने मुख्य व्यक्ति रेणुका ड्राइभर, प्रहरीद्वारा पक्राउ |

भ्रष्टाचारविरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई कुट्ने मुख्य व्यक्ति रेणुका ड्राइभर, प्रहरीद्वारा पक्राउ |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal