साउदी अरेबिया — साउदी अरबको हाफर अल बातिन क्षेत्रमा पहिलो पटक नेपाली भेला तथा परिचयात्मक कार्यक्रम यही शुक्रबार, २०२५ सेप्टेम्बर ५ का दिन मध्याह्न १२:०० बजेबाट हुने भएको छ।
कार्यक्रम गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाको पहलमा आयोजना हुँदैछ। नेपाली साझा मञ्च साउदी अरेबियाका महासचिव श्री राजु केसीका अनुसार, यस अवसरमा एनआरएनए क्षेत्रीय समन्वय समिति (आरसीसी) गठन गरिने तयारी गरिएको छ।
महासचिव केसीले भने, “अहिलेसम्म हाफर अल बातिन क्षेत्रमा कुनै पनि नेपाली संस्था पूर्ण रूपमा सक्रिय नभएकाले धेरै नेपालीहरू स–साना समस्यामा पनि अल्झिनुपर्ने अवस्था थियो। तर, आरसीसी गठन भएपछि आपतकालीन सहयोग र समस्या समाधानमा सहज हुनेछ।”
आयोजकहरूले यस भेलालाई नेपालीहरूको साझा समस्या समाधान र आपसी एकता मजबुत बनाउन महत्वपूर्ण कदमको रूपमा लिएका छन्। साथै, हाफर अल बातिनमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई यसलाई सफल बनाउन आग्रह गरिएको छ।
कार्यक्रम विवरण :
• मिति: शुक्रबार, २०२५ सेप्टेम्बर ५
• समय: मध्याह्न १२:०० बजेबाट
• स्थान: हाफर अल बातिन, साउदी अरेबिया
Anjan Gubhaju Dammama KSA

>










Discussion about this post