Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन

रबिन राउत by रबिन राउत
२० श्रावण २०७९, शुक्रबार १३:४७
in प्रदेश नं ३, मनोञ्जन
0
संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन गरिएको छ । राजधानीको जमल स्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन गरिएको हो । सार्वजनिक तिनवटै एल्वमलाई डश म्युजिकले उत्पादन तथा वितरण गरेको छ ।
प्रमुख अतिथी बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ, बिशिष्ठ अतिथी बरिष्ठ गायिका ज्ञानु राणा, बिशेष अतिथी बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ गायक शिव परियार, बरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी, रेडियो नेपालका बोर्ड सदस्य तथा बरिष्ठ संगीतकार टिका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बि. पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक बरिष्ठ संगीतकार शंकर थापा ‘स्माइल’, संगीतकार योगेन्द्र उपाध्याय लगायतले एल्वम बिमोचन गरेका हुन् ।


बिमोचन कार्यक्रममा बोल्दै संगीतकार योगेन्द्र उपाध्यायले आफुले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोभिडका कारण रोकिएको जनाए । २०७७ मा अर्को एल्बम तयार गरेर एकसाथ रिलिजको तयारी गर्दा कोभिडको दोस्रो लहर आएकोले सार्वजनिक गर्न नसकेको बताए । जसका कारण अहिले एकसाथ तिनवटा एल्बम सार्वजनिक गरेको उनको भनाई छ । योगेन्द्रले आफुले सिकेको संगीतका बिभिन्न सुरहरुलाई एल्बम मार्फत प्रस्तुत गरेको बताए । योगेन्द्रका तिनै एल्बम फरक फरक जनरामा छन् । ६ वटा गीत समावेश भएको ‘सँगै हिडौंन’ आधुनिक तथा गजल गीतहरुको संग्रह हो भने ७ वटा गीतहरु समावेश भएको ‘काटिमा कुटी’ लोक फ्लेवरका गीतहरु समावेश भएको एल्वम हो । यस्तै ७ वटा गीतहरु समावेश भएको ‘क्लीयरकट’ वेस्टर्न फ्लेवरका गीतहरुको संग्रह हो ।


सार्वजनिक एल्वमको समिक्षा गर्दै प्रमुख अतिथी वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले योगेन्द्रको प्रसंसा गरेका छन् । उनले एउटै संगीतकारले भर्सटायल रुपमा आफुलाई प्रस्तुत गर्न सक्नु र त्यसमा उत्कृष्टता प्रदान गर्नु योगेन्द्रको अब्बल पक्ष रहेको बताए । आफुले तिनवटै एल्वमका गीत सुनेको भन्दै उनले योगेन्द्रलाई अब्बल संगीतकारको सुचिमा राखेको पनि जनाए । संगीतका १२ सुर हुने र त्यसलाई सही प्रयोग गर्न रागको ज्ञान हुनुपर्ने भन्दै त्यो योगेन्द्रमा पाएको बताए । योगेन्द्र नेपाली संगीत क्षेत्रको चम्किलो तारा भएको दिप श्रेष्ठको भनाई छ ।
यस्तै बरिष्ठ गायिका ज्ञानु राणाले योगेन्द्रले बिभिन्न जनराका गीतमा उत्कृष्ट संगीत दिएको बताइन । आफु योगेन्द्रको स्वरको पहिले देखि नै प्रसंसक भएको भन्दै उनले सार्वजनिक एल्वमका गीत सुनेपछि संगीतको पनि प्रसंसक भएको जनाइन । यस्तै बरिष्ठ संगीतकार राजु सिंहले योगेन्द्रका गीत सुन्दा उनलाई संगीतका परिपक्क खेलाडीका रुपमा आफुले पाएको जनाए ।


यता योगेन्द्रका गीत सुन्दा उत्कृष्ट सृजनालाई मर्न दिनुहुन्न भन्ने सोचका साथ उनका तिनवटै एल्वम उत्पादन तथा वितरणको जिम्मा लिएको डश म्युजिकका कार्यकारी निर्देशक शंकर थापा ‘स्माइल’ले जनाएका छन् । आफुले पनि एउटा गीतमा स्वर दिएको भन्दै स्माइलले योगेन्द्रको संगीतको आफु प्रसंसक भएको जनाए । यस्तै बरिष्ठ गायक शिब परियारले पछिल्लो समय एल्बम बिमोचनको परिपाटी लगभग हराइसकेको भए पनि योगेन्द्रले त्यसलाई पुर्नजिवित बनाएको बताए । एल्बम बिमोचनको यो पलमा उपस्थित हुन पाउदा खुशि लागेको भन्दै शिवले युगले सम्झिने संगीतकारका रुपमा योगेन्द्रलाई चित्रण गरे ।


यस्तै रोयल्टी संकलन समाजका महासचिव बि पाण्डेले योगेन्द्र सृजनाका धनी भएको जनाए । उनका सृजना आम स्रोताको मन छुने खालका भएको भन्दै त्यसले सकारात्मक प्रतिफल दिने विश्वास राखे । डिजिटल लगायत बिभिन्न प्लेटफर्महरुबाट प्राप्त हुने रोयल्टीले अब श्रष्टा बाच्न सक्ने अबस्था आएको भन्दै उनले योगेन्द्रका गीतको रोयल्टीको अधिकार आफ्नो संस्थाले सुरक्षित गर्ने पनि बताए ।
रेडियो नेपालका बोर्ड सदस्य टिका भण्डारीले योगेन्द्र ‘ए’ ग्रेडका संगीतकार भएको भन्दै उनको संगीतकर्म पनि ‘ए’ ग्रेडकै रहेको उल्लेख गरे । २०६८ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । २०७५ सालमा योगेन्द्रलाई रेडियो नेपालले ‘ए’ ग्रेडका संगीतकारको सर्टिफिकेट प्रदान गरेको थियो । गायक, गीतकार तथा संगीतकारहरुलाई रेडियो नेपालले प्रतिष्पर्धाका माध्यमबाट उत्कृष्ट भएकाहरुको मुल्याङकन गरि ग्रेडिङ गर्ने हुँदा योगेन्द्र ‘ए’ ग्रेडका संगीतकार ठुलो उपलब्धी भएको संगीतकार टिका भण्डारी जनाएका छन् ।
२०६७ र २०६८ सालको भत्ति संगीत प्रतियोगीतामा प्रथम भएको योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । योगेन्द्रले त्रिभुवन बिश्व बिद्यालयबाट संगीतमै मास्टर्स गरि ‘ललितकलाचार्य’ उपमा समेत प्राप्त गरेका छन् ।

Previous Post

‘फ्लायर्स फिल्म अवार्डस्-२०७९’ को नोमिनेसन क्याटोगरी भिडियो सार्वजनिक (भिडियो सहित)

Next Post

मिस युनिभर्स नेपालको फाईनलमा डा. आयुष्नोभा ढुँगाना

Next Post
मिस युनिभर्स नेपालको फाईनलमा डा. आयुष्नोभा ढुँगाना

मिस युनिभर्स नेपालको फाईनलमा डा. आयुष्नोभा ढुँगाना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal