Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो

रबिन राउत by रबिन राउत
१९ कार्तिक २०७७, बुधबार ०५:३२
in समाचार
0
कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो
19
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ १९ कार्तिक

देवकी न्यौपाने

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना महामारीका बेला सञ्चारमाध्यमले कस्ता सन्देश प्रवाह गरे भन्नेबारे चासो राख्नुभएको छ । सोमबार प्रेस काउन्सिल नेपालको संस्थागत ब्रिफिङ लिँदै मन्त्री गुरुङले कोभिड–१९को सङ्क्रमणमा मिडियाले के÷कस्तो सन्देश प्रवाह गरेका छन् त्यसको रिपोर्ट तयार गर्न आग्रह गर्नुभयो । मिडियाप्रति जनमानसमा नकरात्मक धारणा बढ्दै गएकाले सकरात्मक सञ्चार प्रवाह गर्नु मिडियाको दायित्व भएको उल्लेख गर्दै उहाँले आवश्यक सहयोग, समन्वय र सहकार्यको लागि मन्त्रालय सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।

काउन्सिलको काम–कारकाही एवम् सञ्चारमाध्यमको अनुगमन तथा नियमनबारे जानकारी लिँदै मन्त्री गुरुङले मिडियाक्षेत्रलाई विश्वसनीय बनाउन सके प्रेस काउन्सिलको समेत विश्वसनियता बढ्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मिडियाबाट आएका सामग्रीहरू हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भए÷गरिएका काम–कारबाहीको विषयमा जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को महामारीमा जोखिम मोलेरै भएपनि काउन्सिलले दिने सेवाबाट आफूहरू पछि नहटेको बताउनुभयो । उहाँले प्रेस काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन गरिएको जानकारी दिनुभयो ।

उहाँले आफू काउन्सिलमा आएदेखि आजको काम आजै सम्पादन गर्ने, उपत्यकाबाहिरबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएअनुरुप नै काम भैरहेको बताउनुभयो । मन्त्री गुरुङबाट आवश्यक सहयोगको अपेक्षा रहेको बताउँदै उहाँको जोश र जाँगरलाई जीवन्त राख्न आफूहरू तल्लीन रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले अनलाइनको नियमन र सुविधाको लागि श्रेणीकरण हुनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले पत्रपत्रिका वर्गीकरणको सन्दर्भमा धेरै प्रश्नचिन्ह उठ्ने गरेकाले वर्गीकरणको मापदण्डलाई ध्यानमा राखि निष्पक्ष मुल्याङ्कन गर्नुपर्ने बताउनुभयो । ७ वटै प्रदेशमा मिडिया अनुगमन गर्नुपर्ने बताउँदै उहाँले अन्य पेसामा जस्तै पत्रकार बन्नको लागि पनि परीक्षा लिनुपर्ने र पास गरेपछि मात्रै पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । प्रेस काउन्सिलले पत्रकारको लाइसेन्स परीक्षा लिने कानुनी व्यवस्था हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले २०४८ सालको ऐन छापामुखी भएकाले परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका प्रमुख–प्रशासकीय अधिकृत झबिन्द्र भुसालले यही असोज महिनासम्म काउन्सिलमा २२७५ अनलाइन सूचीकरण भएको जानकारी दिनुभयो । उहाँले छापाअन्तर्गत ३९ उजुरी, ३४ फछ्यौट र ५ वटा प्रक्रियामा रहेको तथा विद्युतीयअन्तर्गत १२७ उजुरी, ८६ फछ्यौट र ४१ वटा प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

मन्त्री गुरुङले मिडिया अनुगमन प्रयोग भएका मिडिया अभिलेखीकरण प्रविधिको अवलोकन गरी के÷कसरी अनुगमन हुने गरेको छ भन्ने चासो राख्नुभएको थियो । मन्त्रीको जिज्ञासाबारे उप–प्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो ।

कर्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दीपक पाण्डे, सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य–सचिव किरणराज शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव डिल्लीराम शर्मालगायतको उपस्थिति रहेको थियो ।

Previous Post

गीत मार्फत आफ्नो ब्यस्त जीवन बताउंदै गायक ज्ञान सुब्बा

Next Post

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन 'गोल्डेन क्विन अफ २०२०'

Next Post
१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन 'गोल्डेन क्विन अफ २०२०'

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal