Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ कार्यक्रम सान फ्रन्सिस्कोमा भब्यताको साथ सम्पन्न

रबिन राउत by रबिन राउत
१७ मंसिर २०७६, मंगलवार १०:०८
in मनोञ्जन, समाचार
0
चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ कार्यक्रम सान फ्रन्सिस्कोमा भब्यताको साथ सम्पन्न
22
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका : चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह आयोजनामा सान फ्रन्सिस्को बे एरियामा भब्यताका सम्पन्न भएको छ।

नेपाली चलचित्र जगतमा ख्याती आर्जन गरेका सुप्रसिद्द कलाकार र सर्जकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा १०० भन्दा बढी कलाकार र १००० को हाराहरीमा दर्शकहरुको सहभागीताले हल भरिएको थियो। आफ्नै नाम, शान र पहिचान बोकेर नेपाली सिनेमा गाउँ देखी बिश्वसम्म भन्ने नाराका साथ गरिएको कार्यक्रममा चलचित्रकर्मिहरु, गायक, गायिका तथा संगीतकारको योगदानलाई बिसिष्ट ब्यक्तीत्वहरु माझमा सम्मान् गरिएको थियो।

कार्यक्रममा चलचित्र शिरोमनी लाइफटाइम अवार्डको सम्मानबाट बरिष्ट अभिनेता निर्देशक तथा निर्माता निर शाहलाई सम्मानित गरिएको थियो। त्यसैगरी लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मान भुवन केसी, दशकका माहानायक सम्मानबाट राजेश हमाल सम्मानित भएका थिए । संगीत महरथी सम्मानबाट सम्भुजीत बास्कोटा सम्मानित भएका थिए ।

श्री गेहेन्द्र धिमाल स्‍मृति सम्मानबाट निर्देशक उज्वल घिमिरे सम्मानित भएका थिए भने श्री राम केशर बोगटी स्‍मृति सम्मानबाट नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा नायक रबिन्द्र खड्का भएका थिए । डिरेक्टर अफ दि इअर अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मानीत भएकी थिइन् भने फिल्म अफ दि इअरबाट छक्का पन्जा ३ चलचित्रले अवार्ड जित्न सफल भएको थियो  ।

स्टार अफ दि इएर (male) आवर्डको सम्मान नायक अनमोल केसीले हात पार्न सफल भएका छन् त्यसैगरी स्टार अफ दि इएर (female) अवार्ड  सम्मानबाट नायिका नम्रता श्रेष्ठ  पर्न सफल भईन। सपोर्टिङ एक्टर अफ दि यिएर आवर्डबिक्रान्त बस्नेत बस्नेतले पाए । गायिका अन्जु पन्तलाई बर्षकै उत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको थियो।

ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्ड बाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरे ले अवार्ड जित्न सफल भए । जुरी अवार्डबाट नायिका बर्षा राउत र दिपिका प्रसाईं सम्मानित भए भने निर्देशन तर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्ड प्राप्त गर्न सफल भए ।

समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई सम्मानार्थ दिइने अभियानश्री अवार्ड कल्पना लिम्बु, दिनेश कार्की, अन्जना गुरुङ र नारायण सोम्नामे बिजेता बन्न सफल भएका थिए ।

स्मरण रहोस् नेपाली चलचित्र ईतिहासमा पहिलो पटक नायकहरु शिवश्रेष्ठ, भुवन के सी र राजेश हमाल सम्मान तथा आवर्ड समरोहमा एकै स्टेजमा देखिदा दर्शकहरु निक्कै नै उत्साहित भएका थिए।

कार्यक्रममा नायक सुशिल क्षेत्री, नायिकाहरु श्वेता खड्का, पूजा चन्द, बर्षा राउत, केकी अधिकारी, दिपिका प्रसाईं र स्थानिय कलाकारहरुको नृत्य तथा हास्य ब्यङ्ग्यकार सैलेन्द्र सिम्खडाको प्रस्तुतीले कार्यक्रम झनै मनोरन्जनले भरिपूर्ण भएको थियो।

 ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पार्दै अवार्ड कार्यक्रम भव्यताको सम्पन्न भएकोमा सम्पूर्ण सहयोगी संघ संस्था तथा व्यक्तिहरुलाई धन्यबाद ज्ञापन दिएका थिए  । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले निर्देशक तथा निर्माता निर शाहको नेपाली चलचित्र क्षेत्रमा पुर्‍याउनु भएको योगदानको मुक्तकन्ठले प्रसंसा गर्दै आगामी बर्षहरुमा निरन्तर भब्य अवार्ड कार्यक्रम गर्दै लैजाने बताए ।

अवार्ड कार्यक्रमका नेपाल संयोजक,  नेपाल फिल्म सोसाइटीका सदस्य तथा नायक निर्माता मदु कुमार श्रेष्ठले चौथो ग्लोबल नेपाली फिल्म अवार्ड -२०१९ सफलता पुर्बक सम्पन्न भएकोमा सम्पूर्ण सह-आयोजक, कलाकार तथा अवार्डको गरिमा बढाउन आएका सम्पूर्ण दर्शकहरुलाई धन्यबाद ब्यक्त गरेका छन ।

Previous Post

जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

Next Post

यसरी बन्दै गौतम बुद्ध अन्तराष्ट्रिय क्रीकेट मैदान ( फोटो फिचर )

Next Post
यसरी बन्दै  गौतम बुद्ध अन्तराष्ट्रिय  क्रीकेट मैदान ( फोटो फिचर  )

यसरी बन्दै गौतम बुद्ध अन्तराष्ट्रिय क्रीकेट मैदान ( फोटो फिचर )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal