Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मिसेस पूर्वेली आइकन-३’ को घोषणा: सौन्दर्यसँगै महिला उद्यमशीलतालाई प्राथमिकता

रबिन राउत by रबिन राउत
१८ असार २०८३, बिहीबार १३:०९
in प्रदेश नं १, मनोञ्जन
0
‘मिसेस पूर्वेली आइकन-३’ को घोषणा: सौन्दर्यसँगै महिला उद्यमशीलतालाई प्राथमिकता
2
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ विवाहपछि महिलाहरूको सपना र रहरहरू चुलोचौकोमै सीमित हुन्छन् भन्ने परम्परागत सोचलाई चिर्दै विवाहित महिलाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित ‘मिसेस पूर्वेली आइकन सिजन-३’को औपचारिक घोषणा गरिएको छ । यसको दुईवटा सफल संस्करण सम्पन्न गरिसकेको आयोजक संस्था ओपन स्पेस प्रालिले यसपटक प्रतियोगिताको दायरा अझ फराकिलो बनाएको छ । अघिल्ला सिजनहरूमा इटहरीमा मात्र हुँदै आएको अडिसन अब धरानमा पनि आयोजना हुने भएको छ । २० देखि ५० वर्ष उमेर समूहका विवाहित महिलाहरूले यस प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । यसपटकको सिजनलाई केवल बाहिरी आवरणको सौन्दर्य प्रतियोगितामा मात्र सीमित नराखी महिला उद्यमशीलता र सशक्तीकरणको महत्त्वपूर्ण अभियानका रूपमा अघि बढाइएको छ । इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठ भन्छन्, “यसपटक हाम्रो प्राथमिकता सौन्दर्य प्रतियोगिता मात्र होइन, महिला उद्यमशीलताको प्रवर्द्धन हो ।

मिसेस पूर्वेली आइकन विवाहित महिलाहरूको क्षमता, आत्मविश्वास र पहिचानलाई उजागर गर्ने अभियान हो । हाम्रो विश्वास छ कि विवाहपछिको जीवन अन्त्य होइन, यो त नयाँ सम्भावनाको सुरुवात हो ।” त्यसैगरी, आयोजक संस्थाकी सिईओ सजिना श्रेष्ठले सहभागीहरूलाई आत्मनिर्भर बन्न अभिप्रेरित गरिने बताइन् । उनले “फोटोसुट, भिडियोसुट र विविध प्रचारात्मक गतिविधिमार्फत महिला सशक्तीकरण, आत्मनिर्भरता र उद्यमशीलतालाई केन्द्रमा राख्दै, हामी प्रत्येक सहभागीलाई आफ्नो सपना अझ ठूलो बनाउने अवसर प्रदान गर्नेछौं,” प्रस्ट पारिन् । प्रतियोगितामा सहभागी महिलाहरूको प्रतिभा निखार्नका लागि कोरियोग्राफर सुभेक्षा कार्कीले प्रशिक्षण दिने आयोजकले जनाएको छ । यस प्रतियोगिताको शीर्ष उपाधि जित्ने विजेताले १ लाख रुपैयाँ बराबरको पुरस्कारका साथै अन्य विभिन्न आकर्षक उपहारहरू र अवसरहरू प्राप्त गर्नेछन् । मिसेस पूर्वेली आइकनको दोस्रो संस्करण निकै लोकप्रिय बनेको थियो, जसमा इटहरीकी मेघा खड्काले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको ताज पहिरिन सफल भएकी थिइन् । यस्तै फस्ट रनरअप र ‘पब्लिक च्वाइस’ कबिना पोखरेल, सेकेन्ड रनरअप र ‘मिसेस पर्सनालिटी’ उर्मिला मगर, थर्ड रनरअप सिता पुरी भएकी थिइन् भने अर्गनाइजर च्वाइस अवार्ड रईशा चौधरीलाई दिइएको थियो । विवाहित महिलाहरूलाई आफ्नो लुकेको प्रतिभा देखाउने र समाजमा नयाँ पहिचान बनाउने यो एक सुनौलो अवसर भएको आयोजकको दाबी छ । अडिसनको मिति र स्थानबारे छिट्टै विस्तृत जानकारी गराइनेछ ।

Previous Post

रास्वपाको केन्द्रीय सदस्यमा अमर सापकोटाको उम्मेदवारी, प्रवासी नेपालीका मुद्दा उठाउने प्रतिबद्धता

Next Post

युएईमा निधन भएका रोल्पाका युवाको शव स्वदेश ल्याइयो

Next Post
युएईमा निधन भएका रोल्पाका युवाको शव स्वदेश ल्याइयो

युएईमा निधन भएका रोल्पाका युवाको शव स्वदेश ल्याइयो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal