साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुत र् साउदीका शाही अदालतका सल्लाहकार तथा राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) का महानिरीक्षक डा. अब्दुल्लाह बिन अब्दुलाजीज अल–रबिह बिच भेट वर्ता भएको छ् । उक्त भेट वर्ता मा राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले नेपालमा कोरोना भाइरसको संक्रमणबाट भएको मानवीय क्षतिलाई कम गर्न सहयोग माग गरेका छन्।
नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले भेट वर्तामा नेपालमा कोरोना महामारीको बढ्दो संक्रमण र उपचारको अवस्थाबारे जानकरी गराउनु भयो । प्रस्ताबलाई सकारात्मक रुपमा लिदै सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुत जानकारी दिनु भयो ।

>








Discussion about this post