Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण सम्पन्न ,आर्यक र योदिनलाई विजेताको ताज

रबिन राउत by रबिन राउत
१९ माघ २०८२, आईतवार १३:००
in प्रदेश नं १, मनोञ्जन, समाज
0
‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण सम्पन्न ,आर्यक र योदिनलाई विजेताको ताज
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको छ । ओपन स्पेस प्रालीको आयोजनामा यही शनिबार अर्थात् माघ १७ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालेमा सिनियर र जुनियर दुवै विधामा विजेताहरू घोषित गरिएका हुन् । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न चरणको कडा प्रतिस्पर्धा पार गर्दै आर्यक ओझा र योदिन गुरुङले उपाधि चुमेका छन् ।

निर्णायकहरूको मूल्याङ्कन र प्रतिभा प्रस्तुतीका आधारमा जुनियर र सिनियर क्याटागोरीमा बालबालिकाहरूले उपाधि हासिल गरे । जुनियर क्याटागोरी तर्फ फर्स्ट रनर अप साङ्केनमा राई, सेकेन्ड रनर अप काव्या कार्की, थर्ड रनर अप आरोही राउत, पब्लिक च्वाइस लुना फुयाल, अर्गनाइजर च्वाइस इतिश कट्टेल भएका छन् । यस्तै सिनियर क्याटागोरी तर्फ फर्स्ट रनर अप लारेसा जिमी, सेकेन्ड रनर अप शाइना गुरुङ, थर्ड रनर अप संरक्षण दाहाल, पब्लिक च्वाइस प्रशंसा कट्वाल र अर्गनाइजर च्वाइस आरजु रौतेर बन्न सफल भएका छन् ।

प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायक मण्डलमा रहेका थिए । म्यान अफ द वर्ल्ड २०२५ का प्रकाश चौहान, मिस नेपाल आइडल २०१८ की विजेता मेरिना तुम्सा लिम्बू, मिसेस पुर्बेली आईकन २०२४ को सेकेन्ड रनरअप तथा बैंकर दीपिका भट्टराई र ग्रेस इन्टरनेसनल इटहरीका एकेडेमिक हेड रेजन राई निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रमको सञ्चालन सीता पुरी र शुभेच्छा कार्कीले संयुक्त रूपमा गरेका थिए ।

 ओपन स्पेस प्रालीका सिइओ सजिना श्रेष्ठको नेतृत्वमा भएको यस कार्यक्रमको निर्देशन सरोज श्रेष्ठले गरेका थिए भने कोरियोग्राफी शुभेच्छा कार्कीले सम्हालेकी थिइन् । मिडिया कोअर्डिनेटरको भूमिकामा सुवास संकल्प रहेका थिए । बालबालिकाहरूको व्यक्तित्व विकास र आत्मविश्वास बढाउन यस्ता मञ्चहरूले महत्त्वपूर्ण भूमिका खेल्ने कुरा कार्यक्रममा उपस्थित अतिथिहरुको रहेको थियो ।

Previous Post

थारु संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘बहौरिया’ को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

Next Post

रियाधमा प्रवास नेपाली सम्पर्क विभागको अधिवेशन फेब्रुअरी ६ मा

Next Post
रियाधमा प्रवास नेपाली सम्पर्क विभागको अधिवेशन फेब्रुअरी ६ मा

रियाधमा प्रवास नेपाली सम्पर्क विभागको अधिवेशन फेब्रुअरी ६ मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal