छायांकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तीकै अगाडि बढिरहेका छन्।उनले पछिल्लोपटक निर्देशन गरेको दिलमा फोटो बोलको गीतको म्युजिक भिडियोसार्वजनिक गरिएको छ।आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त सापकोटाको शव्दरचना र संगीत रहेको छ। रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिकभिडियोमा कविराज गहतराजको शानदार कोरियोग्राफी छ।

भिडियोमा रेनिष फागोकोकलर र मनोहरी पौडेलको प्रडक्सन रहेको छ। भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतीलाई अन स्क्रिन रोमान्स गराएका छन्। गीतमा लुकीछुपी लगाएको मायाको कुरा गरिएको छ।नाजिर पछिल्लो समयमा म्युजिक भिडियोमा बढी देखिन थालेका छन्। उनलाई दर्शकले म्युजिक भिडियोमा मन पराउँदै आएका पनि छन्।

>








Discussion about this post