धरान र धरान शहर बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार (प्रसारमा थप मद्दत पुर्याएकोमा धन्यबाद दिदै धरान सरोकार समाज ,काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा बुधबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ।

ूधरान शहर ू बोलको गीतका गीतकार हर्क चुम्मे।, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज ,काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र अतिथिहरु आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नं। १ु को सह संयोजक बासुदेब बराल , सुनसरी उधोग बाणिज्य संघका सदस्य तथा पर्यटन व्यवसायी एलिना मगर , धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ र समाजसेवी कृष्णप्रसाद श्रेष्ठले सम्मान पत्र र खादा लगाई सम्मानित गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै अतिथि बासुदेब बरालले धरानको पर्यटन प्रवद्धनमा यस गीतले उल्लेखनिय भूमिका खेल्ने बताउनुहुदै भबिस्यमा अंग्रेजी सब( टाइटल पनि गीतको भिडियोमा राखे सुनमा सुगन्ध हुने बताउनुभयो। अध्यक्ष प्रभु प्रसाद श्रेष्ठले धरान र यस वरपरका प्रमुख स्थलहरु सबै समेटेकोले एउटा उत्कृस्ट सृजना बनेको र यो गीत र म्युजिक भिडियो धरानको पर्यटनको प्रचार (प्रसारको प्रमुख दस्तावेस बनेकोले यसका सम्पूर्ण सर्जक तथा सहयोगी हात हरुलाई धन्यबाद दिनुभयो। कार्यक्रम संचालन नेमिता आङ्गबुहांगले गरेकी थिईन्।



>









Discussion about this post