कात्तिक ७ गतेबाट रिलिज हुने चलचित्र ‘लक्ष्मी पूजा’ को ‘फुर फुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ् । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत छ ।
सार्वजनिक गीतमा को भिड्योमा चलचित्रका अतिथी कलाकार सलोन बस्नेत र रियाशा दाहाल फिचर्ड छन भने चलचित्रका कलाकारहरु जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेलीलाई गीतको भिडियोमा देख्न सकिन्छ । भिड्योमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, गौतमराज खड्काको सम्पादन यो भिडियोमा ।

समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण भएको चलचित्र सलोन सलिना फिल्मस्को व्यानरमा बनेको हो । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय छ । यो चलचित्र हल नखुलेपछि टेलिभिजनमा रिलिज हुँदैछ ।

>









Discussion about this post