इटहरी उपमहानगरद्धारा खनार वजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका समाग्री वेच्न राखेको पाइएको छ । अनुगमनका क्रममा एउटा पसलमा शिल गरिएको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार वजारका ८ वटा किराना पसल अनुगमन गरिएको छ ।

चार वटा किराना पसलमा म्याद गुज्रिएका समान भेटिएको छ ।वटटाको पेडा,मिट मसला,खानेतेल ध्यू,विस्कुट,वेसारको प्याकेट लगायत म्याद गुज्रिएको भेटिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले वताउनुभयो । म्याद गुज्रिएका समान वरामद गरिएको छ ।

गत साल अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान वेचविखन गरेको पाइएको विक्रम किराना पसलमा यसपाल पनि त्यस्तै पाइएकाले सिल गरेको उपमेयर गौतमले वताउनुभयो । मूल्यसूची तथा साइनवोर्ड नभएकालाई तीन दिन भित्र राख्न निर्देशन दिइएको छ । ब्यवसाय नविकरण नगरेकाहरुलाई पाँच दिन भित्रमा गर्न भनिएको छ ।इटहरीमा वजार अनुगमनलाई तिव्र वनाउने उहाँले जानकारी दिनुभयो ।

>









Discussion about this post