Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘जामुनको रुख’बाट थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नियमित नाटक सुरु

रबिन राउत by रबिन राउत
२१ पुष २०७६, सोमबार ०९:५५
in प्रदेश नं ३, फोटो फिचर, मनोञ्जन
0
‘जामुनको रुख’बाट थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नियमित नाटक सुरु
18
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चन सुरु भएको छ । कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन् ।


शुक्रबारदेखि सुरु भएको यसै नाटकबाट कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन सुरु भएको हो । गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट नाटकघर कीर्तिपुर रंगमञ्चको उद्घाटन भएको थियो । यस बीचमा विभिन्न कार्यशाला तथा केही नाटकहरु मञ्चन भएपनि नियमित मञ्चन भने ‘जामुनको रुख’बाट भएको हो ।


हा“स्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको ७० मिनेट लामो नाटक सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयतालाई पाखा लगाएर एकपछि अरुलाई जिम्मेवारी पन्छाउ“दै नाटकको कथा अघि बढ्छ । अझै थिचिएको मान्छेप्रतिभन्दा ठिक उल्टो ढलेको बूढो जामुनको रुखप्रति सहानुभूति प्रकट गर्दै अमानवीयताको हदसम्म पुग्छ ।


समग्रमा ‘जामुनको रुख’ वर्तमान जटिल र बिसंगत सामाजिक– राजनीतिक अवस्थाको सपाट कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयता लगायतको कथा हो । वर्तमान समयमा खोक्रिदैं गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य हो ।

यसर्थ यो नाटकलाई निर्देशकले दिएको अंग्रेजी सबटाइटल ‘सेमलेस भल्गारिटी’ अर्थात् लाजविहिन अश्लीलता सार्थक लाग्छ । उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय कथामध्ये एक ‘जामुनको रुख’जस्तै नाटकलाई पनि सरल र सरस रुपमा प्रस्तुत गर्ने प्रयास मञ्चमा देखिन्छ । त्यति हु“दाहू“दै नाटक सकि“दासम्म दर्शकलाई गम्भीर बनाएर मञ्चमा नाटकको अन्तिम प्रकाश निभ्छ ।


त्यसो त निर्देशक केदार भन्छन्, ‘तर हरेक सरलताभित्र जटिलता र जटिलताभित्र सरलता कलाको स्वाभाविकता हो । यसर्थ तपाईंको भौतिक आ“खाले देखेका दृश्यहरुभन्दा पनि भयानक दृश्यहरु तपाईंको चेतन आ“खाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु ।’


एकदमै सामान्य कथालाई रमाइलो, सुन्दर र अर्थपूर्ण दृश्यहरुमा नाटकमा सटिक रुपमा उतारिएको छ । नाटकले प्रष्टै रुपमा नेपाली सरकारी कार्यालय, त्यहा“का कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै यस परिपाटी भोग्न बाध्य आम मान्छेको निरिह अवस्थालाई चित्रण गरेको छ । अरु कथा र दृश्यहरु त नाटक हेरेपछि नै देख्नुहुनेछ ।

नाटक आउ“दो माघ ४ गतेसम्म हरेक दिन बेलुकी ४ः३० बजे र शनिबार दिउ“सो २ बजे पनि कीर्तिपुर रंगमञ्चमा मञ्चन हुनेछ । ‘जामुनको रुख’मा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन् ।


यही नाटकस“गै थिएटर मलमा मंगलबारदेखि ‘क्यानभास एट थिएटर’ नामक कला प्रदर्शनी पनि सुरु हु“दैछ । सो प्रदर्शनीमा विभिन्न विधाका १३ युवा कलाकारहरुका कलाहरुको प्रदर्शनी हुने थिएटर मलका कला संयोजक सुजिता महर्जनले जनाएका छन् ।
यस कला प्रदर्शनीको उद्घाटन कार्यक्रम तथा नाटक हेर्न निमन्त्रणा । मिति पुस २२ गते मंगलबार, दिउँसो ठिक ३ः३० बजे । नाटक ४ः३० बजे ।

Previous Post

मलेशियामा सम्पन्न मिसेस टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई

Next Post

नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक

Next Post
नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक

नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal