Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

एथलेटिक्स ः किरणलाई म्याराथनमा स्वर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ मंसिर २०७६, शनिबार १७:२४
in खेलकुद, देश, फोटो फिचर, समाचार
0
एथलेटिक्स ः किरणलाई म्याराथनमा स्वर्ण
41
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर २१ गते ।
नेपालका किरणसिंह बोगटीले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष म्याराथनमा स्वर्ण जित्दा महिला म्याराथनमा श्रीलंकाका हिरुनी केसरी विजयारत्नेले स्वर्ण जितिन्् ।

नेपालले साग इतिहासमा २४ वर्ष पछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि १९९५ को मर्दास सागमा नेपालका टिका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए ।

श्रीलंकाले महिला म्याराथन, पुरुष ४ गुणा सय ४ मिटर टिम रिले, महिला ४ गुणा ४ सय मिटर र महिला ज्याबलिन थ्रो गरि ४ स्वर्ण जित्दा नेपाल र पाकिस्तानको नाममा समान एक स्वर्ण रह्यो । एथ्लेटिक्सकोे सुरुआती दिनबाटै दबदबा बनाएको भारत अन्तिम दिन भने स्वर्ण पदक विहिन बन्यो ।

दिनको पहिलो प्रतिस्पर्धाको रुपमा रहेको पुरुष र महिला म्याराथनमा नेपालका किरण सिहं बोगटीले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सकेण्डमा पूरा गर्दै स्वर्ण जितेका थिए ।साग म्याराथनमा नेपालका बैकुण्ठ मानन्धरको नाममा २ घण्टा १५ मिनेट ३ सकेण्डको कीर्तिमान छ । रजत विजेता भारतका जसपाल सिंहले निर्धारित दुरी पूरा गर्न २ घण्टा २१ मिनेट ५७ सेकेण्डमा दुरी पूरा गर्दा भारतकै श्री सिंहले निर्धारित दुरी २ घण्टा २२ मिनेट ०७ सेकेण्डमा दौड पूरा गर्दैै कास्य जिते ।नेपालका होमलाल श्रेष्ठले २ घण्टा २४ मिनेट ३१ सेकेण्डमा पूरा गरे ।

महिलातर्फ श्रीलंकाले विजयारत्नेले निर्धारित दुरी २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा पूरा गर्दा रजत विजेता नेपालकी पुष्पा भण्डारी र कास्य विजेता भारतकी ज्योती ग्वाटेले क्रमश २ घण्टा ५० मिनेट ११ सेकेण्ड र २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा पूरा गरिन्् ।

त्यस्तै पुरुष ८ सय मिटर दौडमा श्रीलंकाकी इन्धुनिल मधुसाले निर्धारित दुरी १ मिनेट ५०.५२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतका मोहम्द अफसल र नेपालका सोमबाहादुर कुमालले क्रमश निर्धारित दुरी १ मिनेट ५१.२५ सेकेण्ड र १ मिनेट ५१.५१ सेकेण्डमा पूरा गर्दै रजत र कास्य जिते ।

म्हिला ८ सय मिटर दौडमा श्रीलंकाकी दिलासी महिसाले स्वर्ण जित्दा श्रीलंकाकै गुणथिलका थाउले रजत र भारतकी लिली दासले कास्य जितिन्् ।महिसाले दौड पूरा गर्न २ मिनेट ६.१८ सेकेण्ड खर्चदा थाउले २ मिनेट ८.१८ सेकेण्ड र दासले २ मिनेट ८.९७ सेकेण्ड खर्चिए ।२ मिनेट १२.६७ सेकेण्डमा दौड पूरा गरेकी नेपालकी सरस्वती भट््टराई चौथो स्थानमा रहिन्् ।

महिला ज्याबलिन थ्रोमा श्रीलंकाकी नदिसा दिलहानले ५५०२ को दुरीका साथ स्वर्ण जित्दा श्रीलंकाकी नाडिका लकमलले ५४.४१ मिटर दुरीका साथ रजत र भारतकी कुमारी शर्मिलाले ५३.६४ मिटर दुरीका साथ कास्य जितिन्् ।४५.२७ मिटरका साथ नेपालकी लक्ष्मी थारु र ४४.४२ मिटरका साथ नेपालकै चन्द्रकला लामगादे क्रमश पाँचौ र छैटौ स्थानमा रहिन्् ।

पुरुष ज्याबलिन थ्रोमा पाकिस्तानका अर्सद नादिमले साग कीर्तिमानी ८६.२९ मिटरका साथ स्वर्ण पदक जिते ।उनी टोकियो ओलम्पिक २०२० मा समेत छनोट भए ।२०१६ मा भारतका निजर चोपाडाको नाममा ८२.२३ मिटरको साग कीर्तमान रहेको थियो ।यता भारतका शिवपल सिंहले ८४.१६ मिटर र श्रीलंकाका सुमिधा जगाथले ७४.९७ मिटरका साथ क्रमश रत र कास्य जिते ।नेपाललका रोहित चौधरी ५९.२७ मिटरका साथ छैठौ स्थानमा रहे ।

त्यस्तै पुरुष ४ गुणा सय ४ मिटर टिम रिलेमा श्रीलंकाका अर्पणा दर्सणा,सिनेरा धुलास्का,राजिथा निरान्जा र लकमल प्रियाथानको टिमले निर्धारित दुरी ३ मिनेट ८.०४ सकेण्डमा पूरा गर्दै स्वर्ण,भारतका जीवन कारेकोप,सान्तोष कुमार,अज्रेज सिंह र जाबिर माडारीको टोलीले निर्धारित दुरी ३ मिनेट ८.२१ सेकेण्डमा पूरा गर्दै रजत र पाकिस्तानका उमर सादत, मेहबुब अली,अब्दुल मुइद र नोकर हुसेनको टिमले निर्धारित दुरी ३ मिनेट ८.२४ कास्य जिते।

यता महिला ४ गुणा ४सय मिटरमा श्रीलंकाकी ओमाया उडियानगन,गुणथिलका थाउ,कौशल्या मधु र दिलासी महिसाको टिमले निर्धारित दुरी ३ मिनेट ४१.१० सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा पाकिस्तानकी साइब इ इर्सा,अपना गुल्जार, रयिबा आशिक र नजमा प्रभिनले ३ मिनेट ४१.७४ सेकेण्डका साथ रजत र भारतकी प्रिया हाबिथान ,विजयाकुमारी,महिसा खवास र नान्सीको टोलीले निर्धारित दुरी ३ मिनेट ४१.८१ सेकेण्डमा पूरा गर्दै कास्ए जिते ।४ मिनेट ४.९१ सेकेण्डमा दौडा पूरा गरेको नेपालकी संगिता मेचे,कल्पना श्रेष्ठ, अरुणा रिजाल र सरस्वती भट््टराईको टोली पाँचौ स्थानमा रह्यो ।

Previous Post

"द भ‍ोइस अफ नेपाल सिजन २ को सेटमा कुर्सी हानाहान किन यस्तो गरियो ? (भिडियो सहित )

Next Post

‘द भ्याइस अफ नेपाल २’ का विजेता बने राम लिम्बु

Next Post
‘द भ्याइस अफ नेपाल २’ का विजेता बने राम लिम्बु

‘द भ्याइस अफ नेपाल २’ का विजेता बने राम लिम्बु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal