Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अतित सम्झिँदै गाइन् मिलन नेवारले ‘सिन्दूर’

रबिन राउत by रबिन राउत
२९ कार्तिक २०७६, शुक्रबार ०८:५०
in मनोञ्जन
0
अतित सम्झिँदै गाइन् मिलन नेवारले ‘सिन्दूर’
99
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गीतसंगीतको क्षेत्रमा नयाँ प्रयोगका साथ म्यूजिक भिडियो ‘सिन्दूर’ आजबाट सार्वजनिक भएको छ । हाइलाइटस् नेपालको यूट्यूबबाट सार्वजनिक भएको यस गीतले कला र संगीतलाई जोड्न सफल भएको छ ।
कला र संगीत कलाका दुई फरक पाटोको रुपमा परिचित भए पनि एकअर्काको परिपूरकका रुपमा भने प्रयोग भएको कमै पाइन्छ । कलाको सिद्धान्तभित्र रहेर कलाले अमूर्त रुपमा पस्किएको कलाले धेरैलाई तानिरहेको बेला संगीतको धूनबाट पनि कलाको समिश्रणलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ । संगीतकार ज्योतिप्रकाशको संगीत सिर्जनामा रहेको गीतको म्यूजिक भिडियोलाई कलासँगै सांगीतिक ब्याण्डसहित निर्माण गरिएको हो । पत्रकार मधु शाहीको शब्द एवं ज्योतिप्रकाशको संगीत रहेको गीत ‘सिन्दूर’मा गायिका मिलन नेवारले स्वर दिएकी छन् । मिलनको स्वरसँगै भिडियोमा पनि गायिका नेवारकै अभिनयलाई प्रस्तुत गरिएको छ ।


त्रिभुवन विश्वविद्यालय कला विभागका प्राध्यापकसमेत रहेका ज्योति प्रकाश आफैंमा सिद्धहस्त गायक एवं संगीतकार हुन् । २०५३ सालदेखि नै गीतसंगीतको क्षेत्रमा होमिएका ज्योति प्रकाश ‘ब्राइटर तिम्रो गीत मेरो सूर’ जस्तो रियालिटी शोमार्फत आफूलाई गायनमा उतारिसकेका गायक हुन् । पछिल्लो समय ‘जून र ज्योति’ नामक गीति एल्बम बजारमा ल्याएर स्थापित संगीतकारका रुपमा परिचय बनाइसकेका उनले उक्त एल्बमका गीतहरुमा स्वरसमेत प्रदान गरेका छन् । आफूलाई महङ्गो चित्रकारका रुपमा परिचित गराइसकेका गायक तथा संगीतकार ज्योति प्रकाशको संगीत पक्ष आफैंमा अब्बल देखिएको छ ।


मधु शाही कान्तिपुर प्रकाशनमा लामो समयदेखि कला बिटमा कलम चलाउँदै आएकी पत्रकार हुन् । यतिबेला कान्तिपुर प्रकाशनको नेपालगन्ज प्रमुखको जिम्मेवारी सम्हालिरहेकी पत्रकार मधु शाहीका शब्दमा पनि बजारमा धेरै गीत सुन्न पाइन्छ । ललितकला र संगीतकलासँग नजिक रहेर कर्म गरिरहेकी मधु शाहीको गहकिला शब्द यस ‘सिन्दूर’ गीतभित्र रहेका छ । उनको शब्द सिर्जना हेर्दा लाग्छ उनी गीति लेखनको एक अब्बल गीतकार हुन् ।

पछिल्लो समय लाइभ ब्याण्ड सहितको थियटर भिडियो निर्माणको क्रम न्यून भए पनि चित्रकलासँगै जोडेर थियटरमा कलाकारहरुको लाइभ बाध्यवादनसहितको म्यूजिक भिडियोको निर्माण भएको छ । म्यूजिक भिडियोमा वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तान रहेका थिए । रेकर्डिङमा ज–जसले वाद्यवादनको जिम्मेवारी सम्हालेका थिए भिडियोमा पनि उनीहरुकै प्रस्तुतिलाई समावेश गरिएको छ । वाद्यवादनको समूहसँगै कलाको विविध आयामलाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोको छायाँकन नवीन बाबु गुरुङको रहेको छ भने सम्पादन विकास धमलाले गरेका छन् । पत्रकार तथा गीतकार समुन पण्डितले यस गीतको म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् ।

Previous Post

कलकत्ते काइयोका हिट गायक रोज मोक्तान 'तरुनी ' सार्वजनिक [भिडियो ]

Next Post

सक्किगोनीकी रक्षा रोमान्टिक भएपछि (भिडियो)

Next Post
सक्किगोनीकी रक्षा रोमान्टिक भएपछि (भिडियो)

सक्किगोनीकी रक्षा रोमान्टिक भएपछि (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal