Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लिटिल मास्टर एण्ड मिस इटहरीको उपाधि हर्षिल र युनिशालाई, जुनियरतर्फ काव्याश्री विजेता

रबिन राउत by रबिन राउत
२३ भाद्र २०८३, मंगलवार २०:२६
in प्रदेश नं १, मनोञ्जन
0
लिटिल मास्टर एण्ड मिस इटहरीको उपाधि हर्षिल र युनिशालाई, जुनियरतर्फ काव्याश्री विजेता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ लिटिल मास्टरको उपाधि हर्षिल आचार्य र लिटिल मिसको उपाधि युनिशा निरौलाले हात पारेका छन्। यस्तै, जुनियरतर्फको उपाधि काव्याश्री दाहालले जितेकी छन्। इटहरी आर्ट एण्ड फाउन्डेसनको आयोजनामा साउन १६ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न विद्यालयका ३१ जना बालबालिकाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। करिब एक महिनासम्म सञ्चालन गरिएको विभिन्न चरणका तालिम तथा गतिविधिपछि भदौ २१ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसको सभाहलमा आयोजित विशेष समारोहबीच विजेताहरू घोषणा गरिएको हो। प्रतियोगिताका सहभागीलाई करिब एक महिनाको अवधिमा मूर्तिकला, लेखनकला, चित्रकला, व्यक्तित्व विकास, नेतृत्व विकास तथा ट्राफिक सचेतना अभियानअन्तर्गत जेब्राक्रसिङसम्बन्धी अभ्यास लगायतका विविध विषयमा प्रशिक्षण दिइएको थियो। बालबालिकालाई सिर्जनात्मक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिभावकको सहभागितामा अटिजमसम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो।

प्रतियोगितालाई केवल उपाधिका लागि हुने प्रतिस्पर्धाका रूपमा नभई बालबालिकाको प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता, सिर्जनशीलता र सामाजिक चेतना विकास गर्ने माध्यमका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। युनिशा र हर्षिलको हातमा मुख्य उपाधि प्रतियोगिताको मुख्य विधा लिटिल मिस इटहरीको उपाधि नेपाल डीभीएम स्कुलकी युनिशा निरौलाले जितिन्। सोही विद्यालयकी खुसी अधिकारी फर्स्ट रनरअप र आयुषा निरौला सेकेन्ड रनरअप घोषित भए। लिटिल मिसतर्फका तीनै उपाधि नेपाल डीभीएम स्कुलका छात्राले जितेका हुन्। जुनियर क्याटेगोरीतर्फ पनि नेपाल डीभीएम स्कुलकी काव्याश्री दाहाल विजेता बनिन्। ब्लुमिङ किन्डर गार्डेन मन्टेसोरी स्कुलकी रियान्सी निरौला फर्स्ट रनरअप तथा नेपाल डीभीएम स्कुलकी सर्वज्ञा अधिकारी सेकेन्ड रनरअप भए। त्यस्तै, लिटिल मास्टर इटहरीको उपाधि चिजन प्यालेस स्कुल, इटहरीका हर्षिल आचार्यले जिते। सुन्दरहरैँचा–५ स्थित पहिलो पाइला मन्टेसोरी स्कुलका एभिस सुवेदी फर्स्ट रनरअप तथा चिजन प्यालेस स्कुल, इटहरीका सारम्स चौधरी सेकेन्ड रनरअप बने। ‘बालबालिकाको प्रतिभा विकास नै मुख्य उपलब्धि’ कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार, सार्क कवि तथा वरिष्ठ शिक्षाविद् मनु मञ्जिलले इटहरी आर्ट एण्ड फाउन्डेसन इटहरीका बालबालिका तथा युवाको प्रतिभा विकासको खम्बा बन्नुपर्ने बताए।

उनले बालबालिकामा लुकेको प्रतिभा पहिचान गरी आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास, सिर्जनशीलता र व्यक्तित्व विकासमा सकारात्मक भूमिका खेल्ने बताए। “बालबालिकामा लुकेको प्रतिभा पहिचान गर्दै उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिनु आफैंमा महत्वपूर्ण काम हो। लिटिल मास्टर एण्ड मिस इटहरीजस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र व्यक्तित्व विकासमा सकारात्मक भूमिका खेल्छ। प्रतिस्पर्धामा सहभागी सबै बालबालिका विजेता हुन्,” उनले भने। कार्यक्रममा इटहरी नगर प्याब्सनका सचिव तथा नर्थ प्वाइन्ट इङ्लिस स्कुलका प्रिन्सिपल राजन दाहाल, केएमसीए एसोसिएसन इटहरीका अध्यक्ष तथा कञ्चनजङ्घा इङ्लिस स्कुलका प्रिन्सिपल हरि आचार्य, नेपाल डीभीएम स्कुलका प्रिन्सिपल तथा वरिष्ठ शिक्षाविद् डा. बेणु सिटौला, इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओली, पहिलो पाइला मन्टेसोरी स्कुलकी सञ्चालक सञ्जु शिवाकोटी, निरज सुवेदी, इटहरी एन प्याब्सनका अध्यक्ष पुष्प अधिकारी, ब्लुमिङ किन्डर गार्डेन मन्टेसोरीकी प्रिन्सिपल स्मृति भट्टराई, चिजन प्यालेस स्कुलकी प्रिन्सिपल ग्रेस आचार्य, लोकदोहोरी गायिका गङ्गा गौतम आचार्य, अञ्जु गौतम लगायतको उपस्थिति थियो।

बालकृष्ण कार्की सम्मानित लामो समयदेखि गायन, नृत्यलगायत विभिन्न विधामा लोकप्रिय निर्णायकका रूपमा योगदान पुर्‍याउनुका साथै कला, साहित्य तथा सिर्जनाका माध्यमबाट इटहरी र कोशी प्रदेशको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ लोकगायक बालकृष्ण कार्कीलाई सम्मान गरिएको थियो। कार्यक्रमकै क्रममा विजेतामध्ये काव्याश्री दाहाल र सारम्स चौधरीका अभिभावकले आफ्ना छोराछोरीले विजेताका रूपमा प्राप्त गरेको पुरस्कार रकम भोटेकोशी बाढीपीडितका लागि राहतस्वरूप प्रदान गर्ने घोषणा समेत गरेका छन्। यसले प्रतियोगितालाई मनोरञ्जन र प्रतिस्पर्धासँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडेको आयोजकले जनाएको छ। ‘यो आइडल होइन, सिकाइको अवसर हो’ इटहरी आर्ट एण्ड फाउन्डेसनका अध्यक्ष तुलसी घिमिरेले प्रतियोगितामा बालबालिकाले प्राप्त गरेको सिकाइ र अनुभव नै सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताए। उनले लिटिल मास्टर एण्ड मिस इटहरीलाई ठूला राष्ट्रिय सौन्दर्य प्रतियोगितासँग तुलना गरेर बालबालिकामाथि दबाब सिर्जना नगर्न अभिभावकलाई आग्रह गरे। “इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको यो कार्यक्रम इन्डियन आइडल होइन, न त नेपाल आइडल नै हो। यो इटहरीको सानो ठाउँमा आयोजना गरिएको एउटा सानो कार्यक्रम हो।

त्यसैले यहाँ विजेता भएन भनेर चिन्ता नलिनुहोस्,” घिमिरेले भने। उनको भनाइलाई कार्यक्रममा उपस्थित अतिथि तथा अभिभावकहरूले समेत समर्थन गर्दै प्रतियोगितालाई बालबालिकाको प्रतिभा प्रदर्शनसँगै आत्मविश्वास, अनुशासन, प्रस्तुति क्षमता, नेतृत्व र व्यवहारिक ज्ञान विकास गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका थिए। आयोजकका अनुसार भोट र नोटभन्दा प्रतिभाको कदर हुनुपर्छ भन्ने मूल उद्देश्यसहित निर्णायकसँगै अभिभावकको सहभागितामा मूल्याङ्कन तथा विजेता छनोट गरिएको थियो। यसबाट प्रतियोगिता विवादरहित रूपमा सम्पन्न गर्न सहयोग पुगेको अध्यक्ष घिमिरेले बताए। समग्रमा, करिब एक महिनासम्म सञ्चालन भएको लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ ले बालबालिकालाई उपाधिको प्रतिस्पर्धासँगै सीप, ज्ञान, आत्मविश्वास, नेतृत्व र सामाजिक उत्तरदायित्वको अभ्यास गराउने एउटा सिर्जनात्मक मञ्चका रूपमा आफूलाई प्रस्तुत गरेको छ।

Previous Post

बाढीपीडितका लागि एनआरएनए साउदीद्वारा १४ लाख ६६ हजार ९७५ रुपैयाँ सहयोग

Next Post

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा विपद् राहत कोषमा १५ लाख सहयोग

Next Post
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा विपद् राहत कोषमा १५ लाख सहयोग

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा विपद् राहत कोषमा १५ लाख सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal