साउदी अरेबियामा कार्यरत धादिङ जिल्लाका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी एकता, सहकार्य र भाइचारालाई थप मजबुत बनाउँदै जन्मभूमि धादिङ तथा समग्र नेपालको हितमा सामाजिक तथा मानवीय अभियान सञ्चालन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाज, साउदी अरब गठन गर्ने तयारी गरिएको छ।
समाज गठनका लागि पेस्ट्री सेफ सरोज थापा संयोजक रहेको प्रारम्भिक समन्वय तथा छलफल प्रक्रिया अघि बढाइएको हो। साउदी अरबका विभिन्न क्षेत्रमा कार्यरत धादिङबासी नेपालीहरूलाई एउटै साझा चौतारीमा जोड्दै सुख–दुःखमा साथ दिने, आपसी सहयोग र सहकार्य बढाउने तथा धादिङको सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले समाज गठन गर्न लागिएको संयोजक थापाले बताएका छन्।
‘हाम्रो धादिङ, राम्रो धादिङ’ भन्ने मूल नाराका साथ अघि बढाइने अभियानमा साउदी अरबमा रहेका धादिङका विभिन्न क्षेत्र, समुदाय र पेसामा आबद्ध नेपालीहरूलाई सहभागी गराउने लक्ष्य राखिएको छ।
समाजमार्फत सामाजिक, मानवीय तथा जिल्लाको हितसँग सम्बन्धित विभिन्न सकारात्मक अभियान सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।यस अभियानमा निस्वार्थ भावनाले सक्रिय रूपमा सहभागी हुन इच्छुक साउदी अरबमा कार्यरत सम्पूर्ण धादिङबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आगामी १५ दिनभित्र संयोजक सेफ सरोज थापासँग सम्पर्कमा आउन आग्रह गरिएको छ। इच्छुक व्यक्तिहरूले कमेन्ट बक्समार्फत आफ्नो सहभागिता जनाउन वा सिधै इनबक्समा सम्पर्क गर्न सक्नेछन्।
संयोजक सेफ सरोज थापाले धादिङबासीबीच एकता, सहकार्य र आपसी सद्भावलाई बलियो बनाउँदै जन्मभूमि धादिङ र मातृभूमि नेपालको सामाजिक हितमा योगदान पुर्याउने अभियानमा सबैलाई हातेमालो गर्न आह्वान गरेका छन्।
सम्पर्क : संयोजक सेफ सरोज थापा — ०५९४५३११६४‘हाम्रो धादिङ, राम्रो धादिङ।’

>










Discussion about this post