काठमाडौं, साउन ११ — नेपालका चालकहरूको हक, हित, सम्मान तथा सामाजिक सुरक्षालाई संस्थागत रूपमा सशक्त बनाउने उद्देश्यसहित स्वतन्त्र चालक संघ नेपाल को केन्द्रीय कार्यालय काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्क अगाडि भव्य समारोहका बीच उद्घाटन गरिएको छ।
नेपालका वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा को प्रमुख आतिथ्य तथा संघका केन्द्रीय अध्यक्ष मिलन श्रेष्ठ को सभापतित्वमा सम्पन्न कार्यक्रममा देशभरबाट आएका चालक, सहचालक, यातायातकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाली मौलिक संस्कृतिअनुसार स्वागत, नौमती बाजाको सांगीतिक प्रस्तुति तथा चालकहरूको उत्साहपूर्ण उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो। सहभागीहरूले नवनिर्मित कार्यालयलाई देशभरका चालकहरूको साझा घर, साझा आवाज र साझा अधिकारको केन्द्रका रूपमा चित्रण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्याप्टेन विजय लामाले चालक पेशालाई राष्ट्र निर्माणको आधारभूत शक्ति भएको उल्लेख गर्दै भन्नुभयो, “सडक, हवाई, जल वा रेल—जुनसुकै माध्यमका चालक भए पनि हामी सबै राष्ट्रको सेवामा छौं। चालकबिना व्यापार, उद्योग, पर्यटन, जनजीवन र राष्ट्रको विकास सम्भव छैन। चालक राष्ट्रको मेरुदण्ड हुन्।”
उहाँले चालकहरूको पेशागत सम्मान, सामाजिक सुरक्षा, कानुनी संरक्षण र क्षमता अभिवृद्धिका लागि स्वतन्त्र चालक संघ नेपालले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
संघका केन्द्रीय अध्यक्ष मिलन श्रेष्ठले केन्द्रीय कार्यालयलाई प्रशासनिक केन्द्र मात्र नभई देशभरका चालकहरूको एकता, स्वाभिमान, अधिकार र संघर्षको साझा केन्द्रका रूपमा विकास गरिने बताउनुभयो। उहाँले चालकहरूको श्रम अधिकार, सामाजिक सुरक्षा, बीमा, दुर्घटना राहत, कानुनी सहायता, सीप विकास तथा राज्यका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै चालकहरूको आवाज स्थानीय तहदेखि संघीय सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका वक्ताहरूले चालकहरू राष्ट्रको अर्थतन्त्र, व्यापार, उद्योग, पर्यटन तथा जनजीवनलाई निरन्तर गतिशील बनाउने महत्वपूर्ण शक्ति भए पनि उनीहरूको योगदानअनुसार सम्मान, सुरक्षा र नीति निर्माणमा पर्याप्त प्राथमिकता नपाएको उल्लेख गर्दै अब ती विषयमा संगठित रूपमा आवाज उठाइने बताएका थिए।
उनीहरूले पेशागत मर्यादा, श्रम अधिकार, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, सीप विकास, दुर्घटना सहायता तथा सुरक्षित र जिम्मेवार यातायात सेवा सुनिश्चित गर्न संघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
संघको केन्द्रीय कार्यालय सञ्चालनसँगै प्रशासनिक, संगठनात्मक तथा सेवा प्रवाहका गतिविधि थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। देशभरका स्वतन्त्र चालकहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै उनीहरूको अधिकार र सम्मानका पक्षमा सशक्त आवाज उठाउने संघको प्रतिबद्धताले चालक समुदायमा नयाँ आशा र उत्साह थपेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमले स्वतन्त्र चालक संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटनलाई केवल एउटा भवन उद्घाटनमा सीमित नराखी नेपाली चालक समुदायको एकता, स्वाभिमान, अधिकार र भविष्यप्रतिको नयाँ यात्राको प्रारम्भका रूपमा स्थापित गरेको आयोजकले जनाएको

>










Discussion about this post