ॐ नाथ योगीको शव आठ दिनदेखि अलरबिया हस्पिटलमै रोकिएको — कागजी प्रक्रिया अघि नबढ्दा परिवार तनावमा, दूतावास सघ प्रवासी नेपाली सम्पर्क विभाग रियाद शाखाको पहल

उमेस भट्ट
रियाद, साउदी अरब — साउदी अरबको रियादस्थित अलरबिया हस्पिटलमा नेपाली नागरिक ॐ नाथ योगीको मृत शरीर आठ दिनदेखि रोकिएको छ। कागजात, बीमा तथा क्लीयरन्स प्रक्रियामा भएको निरन्तर ढिलाइका कारण शव नेपाल पठाउने कार्य अघि नबढ्दा परिवार पीडामा छन्।

चिकित्सकहरूले उपलब्ध गराएको प्रारम्भिक प्रतिवेदन अनुसार योगीको मृत्यु दुवै मिर्गौला फेल (Kidney Failure) भएपछि भएको पुष्टि भएको छ। पीसाब रोकिने समस्या देखिएपछि अवस्था गम्भीर बन्दै गएको र खाना पकाउने क्रममा होस्टेलमै बेहोस भएर लडेकै अवस्थाबाट अस्पताल पुर्याउँदा उनको निधन भएको विवरण अस्पतालले उल्लेख गरेको छ।
कम्पनीको लापरवाहीका कारण शव रोकिएको आरोप

योगीका साला बब्लु गीरीका अनुसार कम्पनीले बीमा तथा कागजी प्रक्रिया सुरु गर्न समयमै जिम्मेवारी नलिएपछि शव आठ दिनदेखि अस्पतालमै रोकिएको हो।
गीरी भन्छन्—
“अस्पतालले कागजात पठाउन कम्पनीलाई पटक–पटक आग्रह गरिरहेछ, तर कम्पनीले तत्परता देखाएन। परिवार निरन्तर पीडामा छ, हामी सरोकारवाला सबैलाई छिटो हस्तक्षेपका लागि अपिल गर्छौँ।”
प्रवासी नेपाली सम्पर्क विभाग, रियाद शाखाको औपचारिक पहल
घटना सार्वजनिक भएपछि प्रवासी नेपाली सम्पर्क विभाग, रियाद शाखाका सभापति मनीस लामा नेतृत्वको टोलीले यस विषयलाई गम्भीरतापूर्वक लिएर दूतावाससहित सम्बन्धित साउदी प्रशासनिक निकायहरूमा औपचारिक ध्यानाकर्षण गराइसकेको जनाएको छ।
लामाका अनुसार—
“शव क्लीयर गर्न आवश्यक प्रक्रिया छिटो गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ। परिवारको पीडा बुझ्दै छिटो समाधानका लागि सबै तहमा पहल भइरहेको छ।”
समुदाय र परिवारले राखेका मुख्य गुनासा
शव अलरबिया हस्पिटल, रियादमा आठ दिनदेखि रोकिएको।
कम्पनीले बीमा, कागजात र क्लेम प्रक्रियामा गम्भीर ढिलाइ गरिरहेको।
साउदी र नेपालस्थित सरकारी निकायबाट समयमै कूटनीतिक हस्तक्षेप नआएको।
प्रवासी नेपाली सम्पर्क विभागले विषय दूतावाससम्म पुर्याए पनि अझै परिणाम देखिन बाँकी।
दूतावासलाई तत्काल पहल गर्न आग्रह

पीडित परिवार, आफन्त समाज सेबी यम तमु तथा प्रवासी नेपाली सम्पर्क बीभाग रास्वपा रीयाद साखाले रियादस्थित नेपाली दूतावासलाई तुरुन्तै हस्तक्षेप गरी आवश्यक कागजी प्रक्रिया छिटो टुंग्याई शवलाई सकेसम्म चाँडो नेपाल पठाइदिन आग्रह गरेका छन्।

>










Discussion about this post