गीतकार गणेश घिमिरेको नयाँ गीत ‘देवता भाकी’ श्रोता/दर्शकमाझ आएको छ । स्वरूपराज आचार्यको स्वर, सूर्य दयालुको सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खडका र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । भिडियोमा गीतकार घिमिरे, श्रीमती सुनिता घिमिरेको सथामा नवराज डोटेल, सुजिता सञ्जेल, ओम ज्ञवाली, जुना ज्ञवाली, कृष्ण खनाल, ईन्द्रप्रसाद सन्जेल, सरस्वती सन्जेल, माधब ज्ञवाली, रविना केसी, ऐश्वर्या घिमिरे, स्वजल ज्ञवाली, नितेश घिमिरे, युजन ज्ञवाली, सुप्रिम डोटेल, श्रेयान्स डोटेल , रोशनी सापकोटा, गुरु पुस्कर खतिवडा लगायतको अभिनिय छ ।

बुद्ध थापाको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर र सम्पादन छ । श्रीमतीप्रतिको समर्पण भाव गीत र भिडियोमा व्यक्त गरिएको छ ।
यसअघि थुप्रै गीतहरू लेख्दै आएपनि गीतकार घिमिरेको पहिलो गीत सार्वजनिक भएको हो । गीतलाई श्रोता/दर्शकले मन पराइदिनेमा आफू आशावादी रहेको घिमिरे बताउनुहुन्छ ।

>









Discussion about this post