Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शो आउँदै

रबिन राउत by रबिन राउत
३० बैशाख २०८०, शनिबार २०:३१
in प्रदेश नं ३, मनोञ्जन
0
बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शो  आउँदै
19
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

एएनपी मिडिया हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरुका लागि देशमै पहिलोपटक रियालीटी शो आयोजना गर्ने भएको छ।
विभिन्न प्रतिभा तथा सौन्दर्यमूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले बालबालिकामा अन्र्तनिहीत गायन र नृत्य प्रतिभालाई बाहिर ल्याउनका लागि पहिलोपटक बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शोका नाममा गायन र नृत्यको रियालीटी शो आयोजना गर्न लागेको हो। आयोजक संस्था एएनपी मिडिया हाउसका सिइयो लबबहादुर कार्कीले शहर केन्द्रित रियालीटी शो भईरहेको समयमा गाउँगाउँका अवसरबिहीन गायन र नृत्य प्रतिभालाई अवसर र मञ्च प्रदान गर्नका लागि यो रियालिटी शो आयोजना गर्न लागिएको बताए। ‘अहिलेका बालबालिकामा सानैदेखि फरकस्तरको लोभलाग्दो गायन र नृत्य प्रतिभा पाइन्छ। त्यस्ता वास्तविक प्रतिभा अवसर र मञ्च पाउनबाट वञ्चित हुँदै आएका छन्। तीनै वास्तविक प्रतिभाको खोजीका लागि पहिलोपटक प्रदेशस्तरमा बागमती गट ट्यालेन्ट सिंगीङ एन्ड डान्स रियालीटी शो गर्न लागिएको हो’ कार्कीको भनाई छ ‘यसका लागि हामी वागमती प्रदेशका नौ स्थानमा पुगेर वास्तविक प्रतिभाको खोजी गर्नेछौँ। पहिलोपटक बागमती प्रदेशमा रियालीटी शो गरिसकेपछि चरणवद्धरुपमा बाँकी ६ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको रियालीटी शो गर्ने योजना छ।’


रियालीटी शोका लागि धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौंमा चरणवद्धरुपमा अडिसन गरिने भएको छ। नौ स्थानको अडिसनबाट चुनिएका प्रतिभालाई काठमाडौंमा ल्याएर डिजीटल अडिसन गरिनेछ भने त्यसबाट चुनिएकाहरुलाई रियालीटी शोमा सामेल गरिनेछ। रियालीटी शोको अन्तिम स्पर्धाबाट गायन र नृत्य विधामा विजयी बागमती गट ट्यालेन्टलाई पुरस्कारस्वरुप जनही नगद एक लाख रुपियाँ तथा फस्ट रनर्सअपलाई जनही ३० हजार र सेकेन्ड रनर्सअपलाई जनही २० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएका छन्। अडिसनको शुरुवात धादिङबाट भईसकेको छ भने भोलि वैशाख ३० गते शनिवार चितवनमा अडिसन हुने आयोजक कार्कीले जानकारी गराए। उनका अनुसार रियालीटी शोमा आठदेखि १३ वर्षका बाल प्रतिभालाई सामेल गरिनेछ।
बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शो ख्यातिप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल तथा ख्यातिप्राप्त गायक गायिकाद्वय आनन्द कार्की र देविका वन्दनाको मार्गदर्शनमा हुन लागेको हो। अभिनेत्री मिथिला शर्माले यो रियालीटी शो गायन र नृत्यको क्षेत्रका लागि नयाँ आयाम हुने बताइन्। अभिनेत्री गौरी मल्लले यसबाट देशले नव प्रतिभा पाउने विश्वास गरिन्। गायक आनन्द कार्कीले लुकेर रहेका प्रतिभाका लागि यो सुनौलो अवसर हुने बताए। गायिका देविका बन्दनाले गाउँगाउँमा लुकेर रहेका प्रतिभा यो रियालीटी शोबाट बाहिर आउने विश्वास व्यक्त गरिन्।
राष्ट्रिय टेलिभिजनबाट प्रसारणमा आउने रियालीटी शोमा निर्देशन लबबहादुर कार्कीको रहनेछ भने कार्यक्रम संयोजक राजेन्द्र लुईंटेल, इभेन्ट संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट व्यबस्थापक ए तामाङ र भिजन संयोजक डेभिल राजपुत रहेका छन्।

Previous Post

‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक 

Next Post

'सुस्तरी सुस्तरी'मा  रोमाण्टिक मुडमा देखिए नग्मा  र प्रवीण   ( भिडियो )

Next Post
‘सुस्तरी सुस्तरी’मा  रोमाण्टिक मुडमा देखिए नग्मा  र प्रवीण   ( भिडियो )

'सुस्तरी सुस्तरी'मा  रोमाण्टिक मुडमा देखिए नग्मा  र प्रवीण   ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal