दयाहाङ राई, मिरुना मगर र् रोयदीपको मुख्य भूमिका रहेक चलचित्र ‘जारी’ को टिजर सार्वजनिक भएको छ् । काव्यशैलीमा सार्वजनिक भएको टिजरमा पूर्वी नेपालको भूगोल र लिम्बू समुदायको संस्कृतिलाई प्रस्तुत गरिएको छ् । दयाहाङ राई, मिरुना मगर र् रोयदीप सँगै विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको पनि अभिनय छ । टिजरमा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर कथा अघि बढ्दै जाँदा उनीहरुमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् ।
चलचित्र उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् भने निर्माता कबड्डी’ फेम्ड रामबाबु गुरुङ रहेका छन । ‘जारी’ वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ् ।

>








Discussion about this post