Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु

रबिन राउत by रबिन राउत
२ फाल्गुन २०७९, मंगलवार १२:१६
in प्रवास, मनोञ्जन
0
दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु
10
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री प्रोडक्सनको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा फिल्म स्क्रिनिङ भयो । उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु सहभागी रहे ।

नेपाल सिनेमा फेस्टको प्रचारप्रसारले झकिझकाउ पारिएको मल्टिप्लेक्समा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए प्रतिनिधिहरु उपस्थित रहे ।

बोर्ड अध्यक्ष केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका दुबईबाट खुला भएको बताए । ‘दुबई नेपालपछि नेपाली फिल्मको दोस्रो ठूलो बजार बन्न सक्ने देखिएको छ । नेपाली फिल्मका वास्तविक दर्शक मध्यपूर्वमै हुनुहुन्छ,’ अध्यक्ष केसीले भने ।

नेपाल प्राकृतिक रुपमै छायांकन स्टुडियो भएकाले फिल्म छायांकनको लागि नेपाल आउन अध्यक्ष केसीले यूएईस्थित फिल्ममेकरलाई आग्रह गरे । साथै, यूएईले हलिउड र बलिउडलगायत फिल्मलाई सुटिङमा इन्सेन्टिभ (प्रोत्साहन) दिएजस्तै नेपाली फिल्मलाई पनि त्यो सुविधा उपलब्ध गराउन उनले आग्रह गरे ।

गैरआवासीय नेपाली संघका यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले यूएईका दर्शकमाझ नेपाली फिल्मको पहुँच पुर्‍याउन एनआरएनएले सहयोग गर्ने बताए । ‘यहाँ पनि नेपाली फिल्म नेपाली दर्शकमाझ मात्र नभएर विदेशी दर्शकमाझ पनि लैजानुपर्ने जरुरी छ,’ उनले भने ।

सञ्चारकर्मी तथा कागबेनी फिल्मका निर्देशक भूषण दाहालले नेपाली फिल्मलाई विश्वमाझ लैजान ढिला भइसकेको भन्दै अन्तर्राष्ट्रिय दर्शकलाई लोभ्याउने क्राफ्टका फिल्म बनाउन जरुरी रहेको बताए । ‘अहिले पनि रामबाबु गुरुङका फिल्महरु हेरेर मैले धेरै कुरा सिकिरहेको छु,’ उनले भने ।

फिल्म स्क्रिनिङपूर्वको संक्षिप्त रेडकार्पेटमा अनमोल र उपासना आकर्षणको केन्द्र बने । महोत्सवमा भाग लिन नेपालबाट ४० फिल्मकर्मी, बोर्ड र सञ्चार मन्त्रालयका कर्मचारी र सञ्चारकर्मी दुबई पुगेका छन् ।

फेस्टिभल सुरु हुनुअघि बोर्डले दुबईमा पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो । सूर्य कर्पोरेसनको व्यवस्थापनमा आयोजना भएको फेस्टिभल चार दिनसम्म चल्नेछ । कर्पोरेसनका कार्यकारी प्रमुख वासुदेव लामिछानेले फेस्टिभलमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्नु आफूहरुको उद्देश्य रहेको बताए ।

फेस्टिभलको दोस्रो दिन सोमबार रेडकार्पेट समारोह, अवार्ड घोषणालगायत कार्यक्रम तय गरिएका छन् ।

Previous Post

शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र सम्पन्न

Next Post

चलचित्र ‘जारी’ को टिजर सार्वजनिक , ’ वैशाख १ गतेदेखि प्रदर्शन मा आउने

Next Post
चलचित्र ‘जारी’ को टिजर  सार्वजनिक , ’ वैशाख १ गतेदेखि प्रदर्शन मा आउने

चलचित्र ‘जारी’ को टिजर सार्वजनिक , ’ वैशाख १ गतेदेखि प्रदर्शन मा आउने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal