धरान । अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्याकप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी( बब नामले लोकप्रिय बनेका र्योपर सुदिप भण्डारी पहिलोपल्ट धरानमा आगामी भदौ २५ गते शनिबार आयोजना हुने ू टूबोर्ग फुल भोल्युम कन्सर्ट ूको लागि आउने भएका छन्।
फुल भोल्युम कन्सर्टमा जी( बब सँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गर्नेछिन् भने चर्चित र्योपरहरु प्लस डिभाइड र शिरुपाते संगै धरानको चर्चित डीजे डबल बी र डीजे नभसनले डीजेइङ्ग समेत प्रस्तुत गर्नेछन्।
ू मिलेन लेभल तेरो ू बोलको बहुचर्चित गीत संगै फ़ाइनल्लि भेटियो , कलाको म धनी , भाग न भाग , कलाकार , सिधा कुरा मेरो लगायतका युवाहरुमाझ लोकप्रिय आफ्ना अन्य गीतहरु प्रस्तुत गर्नेछन। उनि पूर्वमा नै पहिलोपल्ट कन्सर्टका लागि धरान आउंदैछन्। त्यस्तै नेपाली फिल्म तथा आधुनिक (पप गीतहरुमा एकदमै रुचाएकी गायिका अस्मिता अधिकारीको ूबाबरी रङ्गमा ूअहिले निक्कै नै लोकप्रिय तथा टिकटकमा समेत उत्तिकै भाइरल छ। उनको काफल कमल , टाढा भएपनि , लज्जावती झार , कोहोला त्यो , साली मन पर्यो , तिम्रो मायाले बाँधेर राख , रम रम मरौतीं लगायत गीतहरु पनि उत्तिकै चर्चित तथा लोकप्रिय छन्। त्यस्तै र्योपर प्लस डिभाइडका शब्दको युद्ध , बाबु भित्र केहि खास , आको म यहाँ , चाहिने भन्दा बढी ,म जहिले लगायतका गीतहरु र र्या पर शिरुपातेका राजनीति , मस्त , नोबडी नोज ,कालेभाई लगायतका गीतहरु युवाहरु माझ निक्कै लोकप्रिय छन्।

लामो समयपछि धरानमा आयोजना हुन लागेको भब्य कन्सर्टमा सबैखाले दर्शकहरुको मनोरन्जनका लागि र्यानप र मेलोडीको सम्मिश्रण गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ। कन्सर्टको संचालन इक्सा मादेनले गर्नेछिन्। कन्सर्टको लागि अग्रिम टिकट बुकिङ्गको लागि रु।३००र( र गेट टिकट रु।५००र( राखिएको छ। टुबोर्ग बियरको प्रस्तुति रहेको फुल भोल्युम कन्सर्टमा डिभाइन वाइन , रेड्ब्ल्यु इनर्जी ड्रिंकको सह(प्रायोजन , केन्द्र मोसन पिक्चर्स , एसपी इभेन्ट्स युके , एनएचडीडी स्टुडियो , भीआइपि नेपाल ऑस्ट्रेलियाको बिषेश सहयोग तथा महेन्द्र अक्वा , पेप्सी , धरान टि र पीएच शाइन शेम्पूको सहयोग रहेको छ।

>









Discussion about this post