Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रेस युनियन सुनसरीद्वारा पत्रकार दाहाललाई बीमा रकम हस्तान्तरण

रबिन राउत by रबिन राउत
१३ भाद्र २०७९, सोमबार १५:२७
in प्रदेश नं १
0
प्रेस युनियन सुनसरीद्वारा पत्रकार दाहाललाई बीमा रकम हस्तान्तरण
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । प्रेस युनियन सुनसरीले सवारी दुर्घटनामा परेर घाइते भएका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा शनिबार सञ्चारकर्मी दाहलकै घरमा पुगेर युनियन सुनसरीले दुर्घटनावापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरपछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने उल्लेख गरे ।उनले भने, ‘पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि म सँग संस्था छ, म सँग समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो ।’बीमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभएपनि संस्था साथै रहेको अनुभूति गर्नु महत्वपूर्ण रहेको उनले बताए ।प्रेस युनियनको उक्त कार्य सराहनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे ।


पत्रकारले सबै समस्याको सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहने राज्यले पत्रकारका समस्यामा राज्यको लगानी नभएको उनको तर्क छ ।‘पत्रकारलाई समस्या पर्दा अभिभावक ग्रहण गर्नका लागि राज्य पनि देखिदैँन,’ पोखरेलले भने, ‘पत्रकार आफैँले आर्थिकदेखि सामाजिक रूपमा परिपक्क बनाउनुपर्ने बाध्यता छ ।’कार्यक्रममा दुर्घटना पीडित दाहालले आफू दुर्घटना भएपश्चात अस्पतालमा भर्ना भएकै दिनदेखि प्रेस युनियन सुनसरीले आवश्यकीय सहयोग गरेको स्मरण गरे ।

दाहालले भने, ‘हरेक हिसाबबाट सहयोग भएपछि लाग्यो कि, संगठन अपरिहार्य रहेछ, अत्यन्तै आवश्यक रहेछ भन्ने आफूलाई पनि अनुभूति भयो ।’उनले अहिले आफूलाई स्वास्थ्यमा सोचेभन्दा छिटो निको हुँदै गएको समेत जानकारी गराए ।

कार्यक्रममा सम्बोधन गर्दै युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले आफूले युनियनको नेतृत्व सम्हालिसकेपछि पत्रकारितामा सक्रियहरूको हितको निम्ति काम गरिरहेको बताए ।‘हामीले अजोड इन्स्योरेन्ससँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका २७४ जना सञ्चारकर्मीहरूको दुर्घटना बीमा गरेका छौँ,’ अधिकारीले भने, ‘एक साता अघि मात्रै दुर्घटना बापतको डकुमेन्ट बुझाएका थियौँ, अर्का एकजना सञ्चारकर्मी पनि दुर्घटना पर्नुभएकाले उहाँको पनि दुर्घटना बीमा दाबी गरिएको छ ।’

उनले कोरोनाकालमा कोरोना बीमाको ३० जना सञ्चारकर्मीलाई ३० लाख रुपैयाँ समेत हस्तान्तरण गरिएको स्मरण गरे ।दाहाल गत एक महिना अघि मोटरसाइकल दुर्घटनामा परेका थिए ।

Previous Post

‘वाइवाइ तिज डान्सिङ स्टार’को उपाधी ‘पाथिभरा स्वतन्त्र महिला समाज’ले जित्यो

Next Post

धरानमा जी - बब र अस्मिता अधिकारी भदौ २५ मा आउंदै

Next Post
धरानमा जी – बब र अस्मिता अधिकारी भदौ २५ मा आउंदै

धरानमा जी - बब र अस्मिता अधिकारी भदौ २५ मा आउंदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal