Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘वाइवाइ तिज डान्सिङ स्टार’को उपाधी ‘पाथिभरा स्वतन्त्र महिला समाज’ले जित्यो

रबिन राउत by रबिन राउत
१३ भाद्र २०७९, सोमबार १५:०८
in प्रदेश नं १, मनोञ्जन
0
‘वाइवाइ तिज डान्सिङ स्टार’को उपाधी ‘पाथिभरा स्वतन्त्र महिला समाज’ले जित्यो
12
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ हिन्दु नेपाली महिलाहरुले विशेष रुपमा मनाउने तिजलाइ लक्षित गरेर इटहरीमा अवस्थित लक्ष्मी डान्स स्टुडियोले ‘वाइवाइ तिज डान्सिङ स्टार-२०७९’ सम्पन्न गरेको छ । भदौ ९ गते बिहिवार इटहरीको लायन्स क्लब अफ इटहरीको सभा हलमा सम्पन्न भएको प्रतियोगिताबाट मोरङ बिराटचोकको ‘पाथिभरा स्वतन्त्र महिला समाज’ ग्रुप बिजेता भएको छ । सो ग्रुपले बिजेताको ट्रफीसंगै नगद २५ हजार र अन्य पुरस्कारहरु प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको ग्राण्ड फिनालेबाट कंचन ग्रुप समूह दोश्रो र दर्शन महिला समूह तेश्रो भएको छ । यी २ ग्रुपले पनि बिजेताको ट्रफीसंगै क्रमशः नगद १० हजार र ५ हजार सहित अन्य पुरस्कारहरु प्राप्त गरे ।

वाइवाइ चाउचाउले मुख्य प्रायोजन गरेको ‘तिज डान्सिङ स्टार’को यो पहिलो संस्करण हो । फाइनल कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उप मेयर संगीता चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । विवाहित महिलाहरूको ७ ओटा डान्स ग्रुपले प्रतिष्पर्धीको रुपमा तीज गीतमा नाचेका थिए । फाइनल कार्यक्रममा लक्ष्मी डान्स स्टुडियोका डान्सरहरुले समेत आकर्षक डान्स प्रस्तुत गरेका थिए भने पुर्वेली लोक गायन क्षेत्रमा ख्याती कमाएकी गायिकाद्वय अन्जु गौतम र गंगा गौतमले पनि आफ्ना गायन प्रस्तुतिहरुले उपस्थित दर्शकलाई नचाएका थिए ।

झन्डै २ सय दर्शकको उपस्तिथि रहेको कार्यक्रम सफल भएकोमा आफू हर्षित भएसंगै अझै नृत्य क्षेत्रमा केही गर्ने हौसला मिलेको लक्ष्मी डान्स स्टुडियोकि संचालिका लक्ष्मी समाल मगरले बताइन् । उनी लामो समयदेखि नृत्य क्षेत्रमा इटहरीबाटै सक्रिय छिन् । सम्पन्न फाइनल कार्यक्रममा प्रवेशका लागी २ सय र ५ सयको टिकट निर्धारण गरिएको थियो । प्रतियोगितामा पनिता तामाङ याक्खा र रेनुका श्रेष्ठले निर्णायकिय भुमिका निर्वाह गरेका थिए । दिनको ३ बजेदेखी सुरुभएको कार्यक्रममा डिथ्री अनलाइन मिडिया पार्टनर र परिकला फोटोग्राफी फोटो-भिडियो पार्टनर रहेको थियो भने सहयोगीको रुपमा टुबोर्ग बियर, सहयात्री होटल एन्ड गेस्ट हाउस, प्रिन्सेस वाइन, जिफो कलेक्सन, पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन, डोर्स ओपन, होटल सेछ, नमस्ते होटल, भान्जा डिजिटल प्रिन्टर्स, कृष्ण गोल्ड, कृसाज कलेक्सन, हे ब्युटी स्टोर र प्रिया मेकअप स्टुडियो रहेको थियो ।

Previous Post

अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’ छान्ने

Next Post

प्रेस युनियन सुनसरीद्वारा पत्रकार दाहाललाई बीमा रकम हस्तान्तरण

Next Post
प्रेस युनियन सुनसरीद्वारा पत्रकार दाहाललाई बीमा रकम हस्तान्तरण

प्रेस युनियन सुनसरीद्वारा पत्रकार दाहाललाई बीमा रकम हस्तान्तरण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal