Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बालबालिका केन्द्रित ‘ग्लोबल लिटिल स्टार’ ब्युटी प्याजेण्ट काठमाण्डौमा हुदै

रबिन राउत by रबिन राउत
९ जेष्ठ २०७९, सोमबार ००:२२
in प्रदेश नं ३, मनोञ्जन
0
बालबालिका केन्द्रित ‘ग्लोबल लिटिल स्टार’ ब्युटी प्याजेण्ट काठमाण्डौमा हुदै
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ बालबालिकाहरुको सौन्दर्यतासंगै क्षमता अभिबृद्धी तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने उद्देश्य सहित काठमाडौमा राठी केबलको मुख्य प्रायोजनमा ‘राठी केबल ग्लोबल लिटिल स्टार’ को पहिलो संस्करण आयोजना हुने भएको छ । साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बईको ब्यानरमा ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको ‘राठी केबल ग्लोबल लिटिल स्टार’मा काठमाडौ, ललितपुर र भक्तपुरका ७ देखि १५ वर्ष उमेर समुहका बालबालिकाले सहभागी हुन पाउने आयोजकले जनाएको छ । बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित ‘साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बई’ले यसअघि प्रदेश १ मा ‘पुर्वान्चल लिटिल स्टार’ सफल र भब्य आयोजना गरिसकेको छ । ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणसम्म पुगिसकेको छ भने यहि कम्पनीबाट ‘फ्लायर्स फिल्म अवार्ड’ आयोजनाको पनि घोषणा गरेको छ ।

हाल गर्न लागिएको ‘राठी केबल ग्लोबल लिटिल स्टार’ मा आवेदन फारम नि:शुल्क गरिएको छ भने तालिम शुल्क भने २० हजार तोकिएको छ । सहभागी हुन इच्छुकका लागि आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । यसबारे बुझ्नका लागि ९८११३५९८४७ मा सम्पर्क गर्न सकिनेछ । यसमा ताज पहिरिने बिजेताहरुले ‘वर्ल्ड किड्स ब्युटी प्याजेन्ट’ मा सिधै सहभागीताको मौका पाउनेछन् । यस्तै बिजेता तथा उप-बिजेताहरुले ५ लाख लागतमा बन्ने हिन्दी गीतको म्युजिक भिडियोमा फिचर्ड हुने मौका समेत पाउनेछन् । जुन गीतलाई ईन्डियाको सारेगमप लिटिल च्याम्प्समा पुगेर तहल्का पिटेका बालगायक प्रितम आचार्यले गाएका छन् । सो म्युजिक भिडियोमा पुर्वान्चल लिटिल स्टारका बिजेता र उप-बिजेताहरु पनि फिचर्ड हुने आयोजकले जनाएको छ ।

‘ग्लोबल लिटिल स्टार’ को कोरियोग्राफरको रुपमा अशिमा दूतराज रहनेछिन् । उनी फेसन मोडल हुन भने पुर्वान्चल लिटिल स्टारको ३ ओटै संस्करणको कोरियोग्राफी गरेकीछन् । यस्तै कार्यक्रमको निर्देशक डान्स इन्डिया डान्सबाट नरेश भिर शिह रहेका छन् । ग्लोबल लिटिल स्टारको आयोजक कम्पनिका प्रबन्ध निर्देशक साईमन राजबंशी हुन् । साईमन नेपाली तथा भोजपुरी म्युजिक भिडियो उधोगका चिनिएका कोरियोग्राफर हुन् । थुप्रै नेपाली फिल्मको गीतहरुमा समेत कोरियोग्राफी गरेका उनले हिन्दी गीतहरुमा पनि कोरियोग्राफी गरेका छन् । उनको बलिउडमा जि टिभीको कोरियोग्राफर भएर काम गरेको अनुभव छ भने अभिजित शावन्त, प्रशान्त तामाङलगायतका सेलेब्रेटीहरुसंग पनि काम गरेका छन् । ‘ग्लोबल लिटिल स्टार’को अफिसियल फोटोग्राफी पार्टनर ‘परिकला फोटोग्राफी’ रहेको छ भने मिडिया कोअर्डिनेटर तथा अफिसियल फोटोग्राफर सुवास श्रेष्ठ संकल्प हुन् । डिथ्री अनलाइन, विशेष अनलाइन, ठुलोपर्दा डटकम र कोशी अनलाइन अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ ।

कार्यक्रम अवधिभरमा सहभागीहरुले कोरियोग्राफी तथा सौन्दर्यता सम्बन्धी तालिम प्राप्त गर्ने छन् । त्यसैगरी फिनालेको समयमा आयोजकका तर्फबाट सम्पुर्ण सहभागीलाई ड्रेसको तयारी, ट्रेनिङ टि-सर्ट, प्रोफेसनल फोटोसुट, नृत्य तथा संगीतको कक्षा, सेलेब्रेटीहरुसंग भेट, मोटिभेसनल, पर्सनालिटी डेभलपमेन्ट, मास-कम्युनिकेसन लगायतको अवसर प्रदान गरिनेछ । सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिनुका साथै बन्न लागेको चलचित्र ‘प्रधान द लिडर’ खेल्ने मौका समेत आयोजकले प्रदान गर्ने भएको छ । यो चलचित्र हिन्दी, नेपाली, भोजपुरी र राजबंशी गरि ४ भाषामा तयार हुँदैछ । यो फिल्मका लागि अभिनेता सौगात मल्लसंग पनि कुरा भैसकेको छ । मल्ल फिल्मका लागि सकारात्मक देखिएका छन भने कागजी सम्झौता हुन बाकी छ । यस्तै भारतीय स्टार कलाकारहरू पनि फिल्ममा देखिने छन् । अग्रज अभिनेता अन्नु कपुर, जोनि लिभर संग पनि औपचारिक भेटघाट भैसकेको छ भने यी २ बलिउड स्टार पनि फिल्मका लागि सकारात्मक देखिएको र छिट्टै अनुबन्ध गरिने छ । अर्का बलिउड कमेडियन अशोक नारायणसंग भने कागजी सम्झौता भैसकेको छ । अशोकले बलिउडमा अमिर खान र सलमान खान संग अन्दाज अप्ना अप्ना र वान्टेडमा काम गरेका छन् । उनले चाईना गेट जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

Previous Post

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज

Next Post

माग्ने बुढाको निर्देशनमा बनेको कमेडि हब बुधबारदेखि, यस्ता छन् कलाकारहरु

Next Post
माग्ने बुढाको निर्देशनमा बनेको कमेडि हब बुधबारदेखि, यस्ता छन् कलाकारहरु

माग्ने बुढाको निर्देशनमा बनेको कमेडि हब बुधबारदेखि, यस्ता छन् कलाकारहरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal